Saturday, June 22, 2024

गौरको लाइसेन्स ट्रायल सेन्टरबाट २ जना पक्राउ

ताजा / भरखरै प्राप्त

गौर – जिल्ला प्रहरी कार्यालय रौतहट गौरले यातायात ब्यबस्था कार्यालय रौतहटको राजदेबी नगरपालिका वाड नं. २ स्थीत रहेको ट्रायल सेन्टरबाट २ जना पक्राउ गरेको छ । गत शुक्रबार उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन भरतपुर–१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने ४८ वर्षीय श्यामनारायण साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता एलिजा गिरीले जानकारी दिएकी छिन ।
राजदेबीको ट्रायल सेन्टरमा बिचौलियाले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलेको गुनासो आएपछि प्रहरीले उनीहरुलाइ शुक्रबार नियन्त्रणमा लिएको डिएसपी एलिजा गिरीले बताइन्। लाइसेन्सको प्रयोगात्मक परिक्षामा पास गराइदिन्छु भन्दै उनीहरुले १० हजार देखी ३० हजार सम्म असुल्ने गरेको उनीहरु माथि आरोप रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय रौतहट गौरले आइतबार सार्वजनिक गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles