स्वास्थ्य संस्थाको तथ्याङक दुरुस्त राख्न मेयर काफ्लेको निर्देशन

0
143

चन्द्रपुर,२४ जेठ
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगर क्षेत्रका सरकारी स्वास्थ्य संस्थालाइ आफनो स्वास्थ्य संस्थाको तथ्याङक दुरुस्त राख्न निर्देशन दिनुभएको छ । बिहीबार चन्द्रपुर नगर क्षेत्रका ७ वटा सरकारी स्वास्थ्य संस्थालाई ल्यापटप बितरण गर्दै नगर प्रमुख काफ्लेले सो कुरा बताउनुभएको हो । सो कार्यक्रममा बोल्दै उहाँले ल्यापटप वितरणको उदेश्यका बारेमा प्रष्ट पार्नुभएको थियो । स्वास्थ्य चौकी, अस्पतालमा औषधीको रेर्कड नमिल्ने , औषधीको विवरणमा विवाद आउने र विरामीको तथ्याङ्ग वा अन्य तथ्यहरु सुरक्षित राख्नका लागि ल्यावटप उपयोगी हुने उहाँको भनाई छ । चन्द्रपुर नगरपालिकाले पनि तत्काल आवश्यक परेको समयमा औषधी वा विरामीको तथ्याङ्ग लिन सकिने भएकाले यसमा जोड दिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले स्वास्थ संस्थालाई समेत प्रविधि मैत्री बनाउने उदेश्य र योजनाका साथ अघि बढेको जानकारी दिनुभयो । नगर प्रमुख काफ्लेले चन्द्रपुर नगरपालिकाले स्वास्थ्यलाई महत्व दिदै आएको र औषधीको समस्या हुन नदिन प्रयत्नशिल भएर लागेको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी वनाउनका लागि मोवाईल उपल्वध गराईएको र विमामा सुधारत्मक भएको टिप्पणी गर्नुभयो । विमाको उचित प्रयोग गरी लाभ लिन समेत उहाँले सुझाव दिनुभयो । चन्द्रपुर नगरपालिकाको वडा नं. १, २, ३ , ७, ८ , ९ र चन्द्रनिगाहपुर सरकारी अस्पतालका लागि ल्यावटप बितरण गरिएको हो ।अव छिट्ै प्रिन्टरको पनि व्यवस्थापन हुने सो कार्यक्रममा जानकारी गराईएको थियो । उतm कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, वडा अध्यक्षहरु बलराम राउत, वोधनाथ देवकोटा, सहदेव के.सी, रवी राना मगर लगायतको उपस्थिती रहेको थियो । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफ्लेले वडा अध्यक्ष सहित स्वास्थ्य संस्था प्रमुख वा प्रतिनिधिहरुलाई ल्यावटप हस्तान्तरण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here