चन्द्रपुर १४ असार
रौतहटको चन्द्रनिगाहपुरमा रहेको जन ज्योति माबिले आफनो बिद्यालयमा अध्ययनरत बिशेष शिक्षा (बहिरा) तर्फका बिद्यार्थीहरुलाइ बिद्यालय पोशाक बितरण गरेको छ । बिहीबार एक कार्यक्रमका बिच बिशेष शिक्षा (बहिरा) तर्फका बिद्यार्थीहरुलाइ बिद्यालय पोशाक बितरण गरेको हो । हरेक बर्ष बितरण गर्दै आइरहेको पोशाक यस बर्ष पनि बितरण गरेको सोही बिद्यालयका प्राचार्य देब नारायण हुमागाईले जानकारी दिनुभएको छ । बिशेष शिक्षा (बहिरा) तर्फका ५३ जना बिद्यार्थीहरुलाइ पोशाक बितरण गरेको प्राचार्य हुमागाईले बताउनु भयो । पोशाक बितरण कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले यस्ता बिद्यार्थीहरुको लागी बिद्यालयले बिभिन्न प्रकारका सुबिधाहरु दिदैआएको बताउनु भयो । शिक्षक पन्चरत्न शाक्यको संचालनमा भएको कार्यक्रममा संचारकर्मी लगायत शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।