संचारकर्मी सहितको संयुक्त टोलीद्धारा वन क्षेत्रको अनुगमन

0
63

चन्द्रपुर,१४ असार
डिभिजन वन कार्यालय रौतहट चन्द्रनिगाहपुरका प्रमुख डिभिजन वन अधिकृत शैलेन्द्र कुमार मिश्रको नेतृत्वमा रौतहटका संचारकर्मी सहितकोले वन क्षेत्रको अनुगमन गरेको छ । डिभिजन वन कार्यालय रौतहटको आयोजनामा रौतहटको बिभिन्न वन क्षेत्र,नर्सरी तथा सामुदायिक वनहरुको अनुगमन गरेको हो । रौतहटको वन क्षेत्रको यर्थात स्थीती जानकारी गराउने उदेश्यले संचारकर्मी सहितको टोलीद्धारा वन क्षेत्रको अनुगमन गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिएका छन ।
वन संरक्षणमा देखिएका समस्या,वनले गरेका कामहरु र काठ तस्करी नियन्त्रण कसरी गर्ने भन्ने बारेमा पत्रकार सहितको टोलीले रौतहटको वनको बिभिन्न स्थानहरुको अनुगमन गरेको प्रमुख मिश्रले बताए । अनुगमन टोलीले रौतहट वन क्षेत्रमा पर्ने चन्द्रपुर ३ मा रहेको कालापानी सामुदायिक वन क्षेत्र, धन्सार वन क्षेत्र,सव डिभिजन जंगलसहियाको नर्सरी,गैडाटार सव डिभिजन नर्सरी,डिभिजन वन कार्यालय नजिक रहेको नर्सरी क्षेत्रको अनुगमन गरेको सहायक वन अधिकृत नबिन मिश्रले जानकारी दिएका छन ।
अनुगमन टोलीले आज राष्ट्रिय बृक्षारोपण दिवशको अबसर पारेर कालापानी सामुदायिक वन क्षेत्रमा बृक्षारोपण कार्यक्रम पनि गरेको छ । बृक्षारोपण दिवशको अबसर पारेर सो वन क्षेत्रमा बिभिन्न फलफुलका बिरुवाहरु रोपेको डिभिजन वन प्रमुख मिश्रले जानकारी दिएका छन ।
अनुगमन टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, पत्रकारहरु संजय कार्की,यादबराज पुरी,अशोक पहाडी,मनोज कुमार साह,सुब्बा कार्की,रमेश तिमलसिना,बाल बिक्रम कार्की,सन्तोष काफले,राकेश यादब,रुपेन्द्र पटेल लगायत रहेका थिए । यसैगरी सहायक वन अधिकृत राजेश साह,अन्य वन कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here