साइक्लिङ्ग संघको मधेश प्रदेश अध्यक्षमा कार्की

0
77

चन्द्रपुर,२० असार
रौतहटको चन्द्रपुरमा एक समारोहकाविचमधेश प्रदेश साइक्लिङ्ग संघको गठन भएको छ । संघको प्रदेश स्तरीय भेलाले सपुत बहादुर कार्कीको अध्यक्षतामा १५ सदस्यीय मधेश प्रदेश समिति गठन गरेको हो ।
नेपाल साइक्लिङ्ग संंघको केन्द्रीय सदस्य तथा जिल्ला संघ र प्रदेश संघ गठन समितिका संयोजक सुदिप पौडेलको विशेष उपस्थितिमा भेला भएको थियो ।
भेलाले समितिको उपाध्यक्ष राम नगिना राउत, सचिवमा इश्वरी प्रसाद घिमिरे, कोषाध्यक्षमा जय नारायण चौधरी चयन गरेको छ । समितिको सदस्यहरुमा यासिका गिरी, नीलम मैनाली, रामचन्द्र स्याङ्गतान, रामेश्वर वास्कोटा, प्रविण गौतम, राधिका भट्टराई, अर्जुन यादव, मधुसुदन थारु, सुमन मोक्तान, लालवावु साह र पशुपति यादव रहेका छन ।
त्यस्तै केन्द्रीय प्रतिनिधिमा अध्यक्ष सपूतवहादुर कार्की, उपाध्यक्ष रामनगिना राउत र सचिवइश्वरी प्रसाद घिमिरे रहेका छन । मधेश प्रदेश अन्तर्गत वारा, रौतहट, सर्लाही, धनुषा, सिरहा र सप्तरीमा जिल्ला साइक्लिङ्ग संघको गठन भई सकेकोछ । उक्त कार्यक्रममा रौतहट जिल्ला खेलकुदका कार्यालय प्रमुख वीरेन्द्र ढुङ्गाना, मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्की लगायत व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here