चन्द्रपुर,२१ असार
नेपाली कांग्रेस मधेश प्रदेशको प्रबक्तामा सुर्य बहादुर थापा नियुक्त भएका छन । कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले गत मंगलबार प्रबक्तामा नियुक्त गरेका हुन । नेपाली कांग्रेस बिधानको २०१७ (संसोधन सहित)को धारा १३(१०) को (ङ) बमोजिम पार्टीका प्रदेश समिति सदस्य थापालाइ नेपाली कांग्रेसको प्रदेश समितिको प्रबक्तामा नियुक्त गरेको कांग्रेसका प्रदेश सभापति कृष्णा यादबले जनाएका छन । आफुले पाएको जिम्मेबारीलाइ कुशलतापुर्वक निर्वाह गर्ने नव नियुक्त प्रबक्ता थापाले बताए । बिद्यार्थीकाल देखि नै पार्टीमा सक्रिय नेता थापा गत बर्ष भएको नेपाली कांग्रेसको प्रदेश अधिवेशनबाट प्रदेश समितिमा निर्वाचित भएका थिए । चन्द्रपुर नगरपालिका वाड नं. ९ निवासी कांग्रेस युवा नेता जनजागृती बहुमुखी क्याम्पस सिन्धुरेघारीका अध्यक्ष पनि हुन ।