रौतहटबाट जिटुसिटु परियोजनाको शुभारम्भ

0
42

रौतहट,६ भदौ
जलवायु सम्बन्धी सचेतना गराउने उदेश्यले संचालन हुन लागेको ग्लोबल गल्स क्रिएटिङ चेन्ज (जीटुसीटु) परियोजना रौतहटको चन्द्रनिगाहपुरमा शुभारम्भ गरिएको छ । बुधबार रौतहटको चन्द्रनिगाहपुर स्थीत गौतम होटलमा आयोजित कार्यक्रमको शुभारम्भ मधेश प्रदेश सरकारका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालले बिरुवामा पानी हालेर शुभारम्भ गरेका थिए ।कार्यक्रमको उदघाटन गदै मन्त्री जयसवालले जलवायु परिर्वतनलाइ ठिक ठाउमा ल्याउन प्रकृति सुहाउदो काम गर्नुपर्ने बेला आएको बताएका छन । जलवायु बिगार्ने काम प्रकृतीबाट नभएर कृतिम कार्यबाट भएको मन्त्री जयसवालको भनाइरहेको थियो । जलबायु परिवर्तनलाइ ठिक ठाउमा ल्याउनको लागी मधेश प्रदेश सरकार सहयोग गर्न तयार रहेको समेत उनले बताए ।
कार्यक्रममा मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह,बारागढी गाउपालिका अध्यक्ष अशोक कुमार जयसवाल,सुखवा प्रसौनी गाउपालिकाका अध्यक्ष जसबन्त यादबले पनि कार्यक्रमको शुभकामना दिएका थिए ।
जीटुसीटु पारियोजनाले महिला र बालिकाहरूमा केन्द्रित लैंगिक समावेशी जलवायु परिवर्तनका लागि युवा नेतृत्व तयार गर्ने लक्ष्य राखेको सहयोगी संस्था रेस्टलेस डेभलपमेन्ट नेपालका कार्यक्रम प्रबन्धक संगीता महर्जनले बताउनु भएको छ । कार्यक्रमको लक्ष्य र उदेश्यबारे कार्यक्रम प्रबन्धक मर्हजनले प्रकाश पारेकी थिइन । ब्राजिलमा हाइवोस, इन्डोनेसियामा ह्युमानिस र नेपाल तथा युगान्डामा रेस्टलेस डेभलपमेन्टले गल्स च्याम्पियन कार्यक्रम मार्फत काम गर्ने तजुर्मा गरेको उनले जानकारी दिएकी छिन । जीटुसीटुको लक्ष्य लैंगिक समता र समावेशी जलवायु नीति तथा कार्यहरूको नेतृत्व गर्न, आकार दिन र जानकारी गराउन महिला–केन्द्रित जलवायु कार्यको विविध आन्दोलनलाई प्रबन्र्धन र उन्नत बनाउनु हो यस कार्यक्रमको मुख्य लक्ष्य रहेको कार्यक्रम प्रबन्धक महर्जनको भनाइ रहेको थियो । उद्घाटन कार्यक्रम साझेदार संस्था एसओडीसीसी पर्साका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अध्यक्ष देवालले यो कार्यक्रमलाइ पाइलट कार्यक्रमको रुपमा लिएको बताएका छन । मधेश प्रदेशको रौतहटको मौलापुर नगरपालिका,पर्साको सखुवा प्रसौनी गाउपालिका,बाराको बारागढी गाउपालिका र सर्लाहीको रामनगर गाउपालिकामा यो परियोजना संचालन हुने अध्यक्ष देवानले जानकारी दिएका छन । कार्यक्रममा सरकारी कार्यालयका अधिकारी तथा प्रतिनिधि, गर्ल च्याम्पियन र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए।
मौलापुर नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, बारागढी गाउँपालिका र रामनगर गाउँपालिकाबाट १३ गल्स च्याम्पियनहरूलाई छनौट गरिएको थियो । यी तेह्र बालिकाहरूले आफ्नो क्षेत्रमा जलवायु कार्यको वकालत गर्नेछन् र सामाजिक अन्यायहरू सम्बोधन गर्ने आयोजक संस्थाले जनाएको छ ।
स्वागत कार्यक्रम पछि, मधेस प्रदेशमा बालिका र महिलाहरूले सामना गरेका चुनौतीहरूबारे प्यानल छलफल गरिएको थियो प्यानलिस्टहरूमा मौलापुर नगरपालिकाकी मेयर रीना शाह, बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, सकुवाप्रसौनी गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद रौनियार र परिवर्तन एजेन्ट अनन्ती महतो ठाकुर थिए। छलफलको सहजीकरण रेस्टलेस डेभलपमेन्टका डिजिटल कम्युनिकेसन कन्सल्टेन्ट शैलेन्द्र डंगोलले गरेका थिए । कार्यक्रमको संचालन एसओडीसीसी पर्साका सामाजिक परिचालक निरीक्षा चौधरीले गरेकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here