चन्द्रपुर,६ भदौ
रौतहटको चन्द्रनिगाहपुर— गौर सडक खण्डको देउराली चोक स्थीत मुख्य सडकको बिचमा नेपाल टेलिकमको मेनहोलबाट पानी निस्कीएर पानी पोखरी हुदा पनि सो बनाउन दुई कार्यालय बिच हानाथाप भएको छ । भर्खरै बनाएको सो सडकको बिचमा अहिले पानी पोखरी छ । सडकको बिचमा पानी पोखरी देखेपछि नेकपा एमालेका चन्द्रपुर नगर अध्यक्ष शिव प्रसाद आचार्यले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर र नेपाल टेलिकमलाइ जानकारी गराउदा समेत दुबै कार्यालयले आनाकानी गरेको गुनासो गरे ।
सो सम्बन्धमा नगर अध्यक्ष आचार्यले समाजिक संजालमा राखे । नेपाल टेलिकमले राखेको पाइपबाट पानी आएको कारण सडक डिभिजन कार्यालय आफुले नबनाउने भन्दै पन्छिएको नगर अध्यक्ष आचार्यले बताए । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दिपेन्द्र पाण्डेलाइ जानकारी गराउदा त्यो आफनो दाइत्व भित्र नपर्ने बताएको नगर अध्यक्ष आचार्यले बताए । यता नेपाल टेलिकम चन्द्रनिगाहपुरका निमित्त कार्यालय प्रमुख आलोक कर्णले सो सडकको अनुगमन मेनहोलको निरिक्षण गर्न प्रादेशिक कार्यालय बिरगंजलाइ पत्रचार गरेको छ । नेपाल टेलिकम चन्द्रनिगाहपुरका कर्मचारी पत्रचार गरेर पन्छिएपछि नगर अध्यक्ष आचार्यले टेलिकमको क्षेत्रिय कार्यालय बिरगंजका प्रमुखलाइ फोन गरेर जानकारी गराएका थिए ।
क्षेत्रिय प्रमुखले शुक्रबार प्राबिधिक पठाउने आश्वासन दिएको समेत बताएका छन । यी दुई कार्यालयको हानाथापको कारण करोडौ रुपैया लगाएर भर्खरै बनाएको सडक भत्कीने अबस्थामा रहेको छ । सार्वजनिक सम्पतीमा राज्य यति उदाशिन हुनु राम्रो नभएको एमाले नगर अध्यक्ष आचार्यले बताए । सो कार्य छिटो भन्दा छिटो गर्न नगर अध्यक्ष आचार्यले सम्बन्धीत सरोकारवालालाइ आग्रह गरेका छन ।