नेकपा एसको उपमहासचिबमा संबिधान सभा सदस्य भट्टराई निर्वाचित

0
58

चन्द्रपुर,१२ भदौ
नेकपा एकिकृत समाजबादी पार्टीको केन्द्रिय उप महासचिब पदमा रौतहटका नेता रामकुमार भट्टराई निर्वाचित भएका छन । हिजो नेकपा एसको पदाधिकारीको निर्वाचनमा भट्टराईले उपमहासचिब पदको निर्वाचनमा भट्टराईले १ सय ७ म ल्याइ उपमहासचिबमा बिजय भएका हुन । ४ जनाको उपमहासचिब पदकोलागी २० जनाले उमेदवारी दिएका थिए । भट्टराई तत्कालीन २०७० सालको संबिधान सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट रौतहट क्षेत्र नं. ६ बाट संबिधान सभाको सदस्यमा निर्वाचित भएका थिए । ३ बर्ष अघि एमालेबाट फुटेपछि संबिधान सभा सदस्य भट्टराई माधब नेपाल नेतृत्व नेकपा एसमा लागेका थिए । भट्टराई नेकपा एमालेमा रहदा रौतहट जिल्लाको २ कार्यकाल जिल्ला अध्यक्ष समेत भएका थिए । भट्टराई संगै उपमहासचिबमा मेटमणि चौधरी १५८ मत,गरिमा साह १०७ मत राजेन्द्र राईले १०६ मत ल्याएर बिजयी भएका छन ।
यस्तै महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री पराजित भइन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी भएका छन् । उपाध्यक्षमा नेपाल पक्षका डा. गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका छन् ।जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले ‘चिट‘ नै बाँडेका थिए । महिला उपाध्यक्षमा पनि नेपालको ‘चिट’ लिस्टमा रहेकी जयन्ती राई विजयी भएकी छन् । यसैगरी ५ सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए ।
जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र सावित्रीकुमारी भुसाल १०६ ले मत पाएर विजयी भएका छ्न ।रौतहटका पुर्वमन्त्री डा. बंशीधर मिश्र भने पराजित भएका छन । अब पोलिब्युरो सदस्यको मतगणना हुन बाँकी रहेको छ । १ सय ५ जनाको पोटिब्युरो सदस्यको लागी २ सय ४ जनाले उमेदवारी दिएका छन । रौतहटबाट राम कुमार भट्टराई,डा. बंशिधर मिश्र, कल्याणी कुमारी खडका,महेन्द्र चौलागाई लगायत रहेका छन । निर्वाचन आज साझ हुने निर्वाचन समितिले जनाएको छ । १८ जना पदाधिकारी र १ सय ५ जना पोलिटब्युरो सदस्यको लागी हिजो साझ काठमाण्डौमा निर्वाचन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here