चन्द्रपुर,१५ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ अधिवेशनले नया संचालक समिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले राजेन्द्र तिवारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति र बेद प्रसाद गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । संस्थाको १६औ बार्षिक साधरण सभाले सो संस्थाका उपाध्यक्षमा बिमला देबी ढकाल,सचिबमा दिनेश मैनाली,सहसचिबमा रमेश तिमलसिना र कोषाध्यक्षमा कुल शेखर पहाडी सर्व सहमत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नसरे आलमले जानकारी दिनुभएको छ ।यसैगरी समितिको संचालक सदस्यहरुमा अशोक कुमार पहाडी,प्रेम प्रसाद अधिकारी,रिना पाल,रामजी तिमलसिना,छबिलाल बोलखे र दिल बहादुर बस्नेत निर्वाचित भएको निर्वाचन संयोजक आलमले जानकारी दिनुभएको छ । यस्तै लेखा समितिको सदस्यहरुमा राम प्रसाद तिमलसिना र रमा भण्डारी रहेको उहाले बताउनु भयो ।कार्यक्रममा नव निर्वाचित अध्यक्ष राजेन्द्र तिवारीले संस्था प्रति प्रतिबद्ध भएर यो टिमले काम गर्ने बताउनु भएको छ । संस्थाको हित भन्दा बाहिर कसैलाइ पनि जाने छुट नभएको हुदा संस्थाको नियम कानुनको परिधी भित्र रहेर काम गर्ने अध्यक्ष तिवारीले प्रतिबद्धता जनाउनु भएको छ ।कार्यक्रममा निर्बतमान अध्यक्ष देब बहादुर सापकोटा,संस्थापक अध्यक्ष खडक बहादुर बम्जन,निर्वाचन समितिका संयोजक शेख नसरे आलम लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाद प्रसाई,शेयरधनीहरु,पुर्व संचालकहरु,कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।