नव बिकाश साकोसको १६ औ साधरण सभा सम्पन्न

0
49

चन्द्रपुर,१५ भदौ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको नब बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधरण सभाको उदघाटन राम रेवती प्रतिष्ठानका अध्यक्ष एबम संस्थाका सल्लाहकार शालिग्राम शर्माले गर्नु भएको थियो । संस्थाका अध्यक्ष देब बहादुर सापकोटाले तत्कालिन अबस्थामा ३५ जना बाट अगुवाईमा ०६५ साल मंसिर १० गते बिधिबत रुपमा सहकारी दर्ता गरिएको हो । बितिय सेबा अन्तर्गत संस्थाले सदस्यहरु बाट ०८१ असार मसान्त सम्म ३ करोड १० लाख ६४ हजार ४ सय शेयर पुजि संकलन ३० करोड ९५ लाख १६ हजार ४ सय रुपैया ८४ पैसा बचत संकलन २८ करोड ३७ लाख ९४ हजार ६ सय ३१रुपैया चार पैसा सदस्य लाई ऋण लगानी संस्थागत पुजि २ करोड ७३ लाख ३१ हजार १ सय २८ गरी संस्थाको कुल पुजि ३८ करोड १२ लाख ८९ हजार २ सय ६४ रहेको छ । यस्तै संस्थाका सचिब राजेन्द्र तिबारीको बार्षिक प्रतिबेदनमा सदस्यता बिस्तार, ऋण लगानी, पुरस्कार र सम्मान, भौतिक पुर्बाधार तथा अदृश्य सम्पति, सञ्चालन ब्यबस्थापन, तालिम तथा गोष्ठि, गोष्ठि तथा सहभागिता, निरिक्षण तथा अनुगमन, सामाजिक क्रियाकलाप, गुणस्तर शुनिश्चितता कार्यक्रम, संस्थागत क्रियाकलाप, संस्थाको अबलोकन भ्रमणको बिषयमा उल्लेख गरिएको छ । संस्थाको कोषाध्यक्ष दिनेश मैनालीले स्वागत मन्तब्य राख्नु भएको थियो । सभामा जेष्ठ नागरिक धर्म कुमारी तिमल्सिना, क्षेत्र बहादुर मैनाली, बर्षको उतकृष्ट नियमित बचतकर्ता मधुसुदन उपाध्याय, निलम कुमारी साह, सर्बाधिक नियमित बचतकर्ता नीलम कुमारी साह, मधुसुधन उपाध्याय, बर्षको उतकृष्ट बचतकर्ता धनलाल कामी, सुमित्रा कार्की, बर्षको उतकृष्ट बाल बचतकर्ता सान्बि दाहाल, आरोग्य धामी, सर्बाधिक बालबचतकर्ता स्मारिका पन्त, निश्चल बजगाई, बचतमा पाएको ब्याज आधारमा रमेश घिमिरे, अन्जना सापकोटा, ऋणमा तिरेको ब्याजको आधारमा खडक बहादुर तामाङ्ग, अन्जली थापा मगर उत्कृष्ट कर्मचारी दिलमाया र बिशिष्टता धु्रब कोईराला सम्मानित भएका छन । असल कारोबारी खि माया थापा, उद्धब प्रसाद रेग्मि, श्याम बहादुर भण्डारी क्षेत्री, ममता भण्डारी, भिमासार थापा, शोभा चौधरी, उषा भुजेल, दिपक कुमार राई, क्षेत्रकुमारी लामिछाने, कल्पना कुमारी रेग्मि बर्षको असल कारोबारी भएका छन । सो शभामा नेकपा एमालेका नेता उद्धब रेग्मि, चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष सहदेब केसी, गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्की, संस्थापक अध्यक्ष खडग बहादुर तामाङ्ग, साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुब कोईराला, लगायतले शभकामना दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here