चन्द्रपुर,१५ भदौ
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले महिला फुटबल खेलाडीहरुको बिदाइ गदै चन्द्रपुर नगरपालिकाको नाम उच्च पार्न आग्रह गर्नुभएको छ । शनिबार चन्द्रपुर नगरपालिकाको कार्यालयमा आयोजित राष्ट्रिय महिला फुटलब प्रतियोगिता २०२४ को लागी बिदाइ गर्दै नगर प्रमुख काफ्लेले यस्तो बताउनुभएको हो । चन्द्रपुर नगरपालिका महिला फुटबल खेलाडीहरुको भुमी भएको हुदा यसलाइ कायम राख्न नगर प्रमुख काफ्लेले खेलाडीहरुलाइ आग्रह गर्नुभएको छ । खेलकुद क्षेत्रको बिकाश,स्वस्थ्य र समृद्ध नगरको आधार भन्ने मुल नाराका साथ चन्द्रपुर नगर क्षेत्रको खेलाडीहरुको बिकाशको लागी नगरपालिकाले काम गदै आएको उहाले बताउनुभएको छ । आउदो भदौ १८ गते देखी हुने राष्ट्रिय महिला फुटबल प्रतियोगितामा पनि प्रथम भएर चन्द्रपुर नगरपालिकाको नाम देशभर चिनाउन नगर प्रमुख काफ्लेले आग्रह गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख काफ्लेले खेलाडीहरुलाइ खेल समाग्री तथा खेल पोशाक हस्तान्तरण गर्नुभएको थियो ।
आउदो १८ गते काठमाण्डौमा हुने राष्ट्रिय महिलाक फुटबल प्रतियोगितामा रौतहटबाट २५ खेलाडी र ५ जना अफिसियलको बिदाइ गरेको रौतहट जिल्ला फुटबल संघका महासचिब मधुसुधन धितालले जानकारी दिनुभएको छ । देशभरबाट सो खेलमा १० वटा टिम रहेका छन । ३ वटा बिभागिय टिम रहेका छन भने २ वटा नगरपालिकाको टिम रहेका छन । जसमा चन्द्रपुर र स्याङजाको वालिङ नगरपालिका रहेका छन । बिभागिय टिममा नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाको टिम रहेको महासचिब धितालले जानकारी दिनुभएको छ । यसैगरी ३ वटा प्रदेशका टिम रहेका छन जसमा सुदुर पश्चिम,कर्णाली र कोशी प्रदेशका टिम रहेका छन । यसैगरी २ वटा क्लबको टिम रहेका छन जसमा संकटा क्लब काठमाण्डौ र सर्लाहीको बागमती टिम रहेको महासचिब धितालले जानकारी दिनुभएको छ ।
पहिलो चरणमा १० वटा टिमले ४५ वटा म्याच खेल्नेछन भने दोश्रो चरणमा ५ वटा टिमले २० वटा म्याच खेल्ने उहाले जानकारी दिनुभएको छ । चन्द्रपुर नगरपालिकाको टिमले भदौ १८ गते पहिलो म्याच खेल्ने उहाले जानकारी दिनुभयो ।
चन्द्रपुर नगरपालिकाको उप प्रमुख जयमाला चौधरीको अध्यक्षतामा सम्पन्न भएको बिदाइ तथा खेलकुद समाग्री हस्तान्तरण कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ८ का वाड अध्यक्ष जितेन्द्र चौधरी,कार्यपालिका सदस्य नेत्र कुश्वार,रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामी,कोषाध्यक्ष सुबोध गिरी,प्रशिक्षक चित्र मगर लगायतको उपस्थीती रहेको थियो । कार्यक्रम चन्द्रपुर नगरपालिकाको आयोजना र रौतहट जिल्ला फुटबल संघको समन्वयमा सम्पन्न भएको थियो ।