चन्द्रपुर,१५ भदौ
शनिबार चन्द्रपुर नगरपालिकाको वाड नं. ४ मुख्य चोक चन्द्रनिगाहपुरमा ईलाका प्रहरी कार्यालय समुदाय शाखाको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिकाको समन्वयमा शसस्त्र प्रहरी र टाफ्रिक प्रहरीले सफाई गरेको छ । शहरको मुख्य चौक सफा र सुन्दर हुनु पर्ने मान्यताका साथ सफाई गरिएको हो । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले नजिकदै गरेको चाडपर्वलाइ लक्षित गदै चन्द्रपुर नगर क्षेत्रभरी सरसफाइ अभियान चलाउने बताउनु भएको छ । फोहोरले बिभिन्न रोगको प्रकोप फैलने भएकाले सन्देश मुलक हेतु सफाई गरिएको हो उहाले बताउनु भयो । नेपालीहरुको महान चाडपर्ब नजिकिदै गरेको अबस्थामा दुर्गन्धमुक्त शहर बनाउन स्थानीय लाई सन्देश दिन पार्क भित्र कुर्सी, प्रतिक्षालय, वाटर फाउन्टेन समेत रहेको र यसको संरक्षणमा जुटन सक्ने आकर्षक हुने नगर प्रमुख काफ्लेले जानकारी दिनभयो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राई लगायत नेपाल प्रहरी,शसस्त्र प्रहरीको सहकार्यमा चन्द्रनिगाहपुरको मुख्य पार्कको सरसफाइ गरेको नगर प्रमुख काफ्लेले बताउन भयो । नगर क्षेत्रको सरसफाइ अभियान अन्र्तरगत पहिलो चरणमा शनिबार मुख्य चोक र महेन्द्र राजमार्ग अन्र्तरगत सडकको दुबै साइडको सरसफाइ गरिने नगर प्रमुख काफ्लेले जानकारी दिनुभएको छ । बिषेशगरी नजिकदै गरेको तिज तथा दशै तिहार लगायत चाडपर्वमा लक्षित सरसफाइ अभियान शुरु गरेको उहाको भनाइ थियो । मुख्य चोकमा चन्द्रपुरको चिनो झल्कने गरी राष्ट्रिय झण्डा राख्ने समेत नगर प्रमुख काफ्लेले बताउनु भएको छ । यसैगरी चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारीले सरसफाइ अभियानलाइ सार्थकता बनाउन नगर प्रमुख काफ्लेको योजनालाइ नगरबासी तथा ब्यपारीहरुले पनि साथ र सहयोग गर्नुपर्ने बताउनु भएको छ । ‘हाम्रो नगर राम्रो नगर’ बनाउने अभियानलाइ सबैले सहयोग गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत तिवारीले बताउनु भएको छ ।यसैगरी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले समुदाय संग प्रहरी कार्यक्रम अन्र्तरगत नगर प्रमुख संजय कुमार काफ्ले संग सहकार्य गरेर काम गर्न पाउदा हर्षित भएको बताउनु भएको छ । समुदाय र प्रहरी बिचको सम्बन्धलाइ अझ प्रगाड बनाउनको लागी यस्ता कार्यक्रमले प्रभाबकारी बनाउने डिएसपी राईले बताउनु भयो । नगर सरसफाइमा नेपाल प्रहरी हरेक समय सहयोग गर्न र साथ दिन तत्पर रहेको समेत उहाले बताउनु भएको छ ।कार्यक्रममा चन्द्रपुर नगरपालिकाका सुचना अधिकारी तथा शाखा अधिकृत मिश्रीलाल साह,जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष तथा संचारकर्मी संजय कुमार कार्की,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सुरेन्द्र बिक्रम बर्तौला,प्रेस सेन्टरका केन्द्रिय सदस्य मनोज कुमार साह,संचारकर्मी सन्तोष काफ्ले लगायत नेपाल प्रहरी,शसस्त्र प्रहरीहरुको सहभागिता रहेको थियो । शनिबार मुख्य चोक पार्कको भित्री तथा बाहिरी भागको सरसफाइ तथा राजमार्गको सरसफाइ गरिएको थियो ।