बल्यो चन्द्रनिगाहपुरको सडक बत्ती

0
78

चन्द्रपुर,१७ भदौ
लामो प्रतिक्षारत चन्द्रनिगाहपुरको सडक बत्ती बल्न थालेको छ । रौतहटको चन्द्रनिगाहपुर —गौर सडक खण्डको चन्द्रनिगाहपुर मुख्य चोक देखी चन्द्रनिगाहपुर बजार सम्मको सडक बत्ती सोमबार देखी बल्न शुरु भएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सोमबार उदघाटन गरेपछि सो बत्ती बल्न शुरु भएको हो । सोमबार नगर प्रमुख काफ्लेले सो सडक अन्र्तरगत चन्द्रपुर अस्पातल नजिक र बजारमा रहेको स्वीचको अन गरी सडक बत्ती बालेर शुभारम्भ गरेका थिए ।
बत्तीको उदघाटन गदै नगर प्रमुख काफ्लेले नगरपालिकाले बिधुतको बिल तिर्ने गरी मिटर राखेर सडक बत्ती बालेको बताएका छन । मुख्य सडकमा बत्तीको अभाबमा बिभिन्न किसिमका घटनाहरु घटने गरेको अबस्थामा सडक बत्ती अति नै आवश्यक रहेको नगर प्रमुख काफ्लेले बताएका छन । यस बत्तीले नगरको सौर्दनियता पनि बढाएको नगर प्रमुख काफ्लेले बताएका छन ।
नगर क्षेत्रमा बिभिन्न चोक चोकमा टावर लाइट जडान भएर बलिरहेको अबस्थामा राजमार्गमा बत्ती हुन अति जरुरी रहेको नगर प्रमुख काफ्लेको धारणा थियो । प्राबिधिक कारण सडक बत्ती बाल्न ढिलो भएको भएको भएतापनी अब चन्द्रपुर नगर झिलिमिले हुने मेयर काफ्लेले बताए । चन्द्रपुर नगरपालिकाको मुटुको रुपमा रहेको चन्द्रनिगाहपुरको यो सडक बत्ती जडान अपरिहार्य रहेको जन ज्योती माबि ब्यबस्थापन समितिका अध्यक्ष नरेश लामिछानेले बताएका छन । राजमार्गमा सडक बत्ती निमार्ण भएपश्चात पनि बत्ती नबल्दा स्थानिय सरोकारवालाहरुले चासो राखिरहेको अबस्थामा अहिले बत्ती सुचारु हुनु सुखद पक्ष भएको अध्यक्ष लामिछानेको धारणा थियो ।
बत्ती उदघाटन कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ९ का वाड अध्यक्ष नबराज देबकोटा,वाड नं. ८ का वाड अध्यक्ष जितेन्द्र चौधरी,कार्यपालिका सदस्य नेत्र कुश्वार,नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका कार्यालय प्रमुख धिरेन्द्र कुमार यादब,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मनोज कुमार साह स्थानिय जनप्रतिनि,बिद्यार्थी नेता,ब्यापरी लगायतको सहभागिता रहेको थियो ।
अहिले सो राजमार्गमा ४२ वटा पोलका ८४ वटा बत्ती रहेका छन । चन्द्रपुर अस्पताल नजिक रहेको मेन स्वीचबाट प्राबिधिक कारणले बत्ती बल्न सकेको छैन भने बजारको मेन स्वीचबाट बत्ती बल्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here