चन्द्रपुर,३ भदौ
संबिधान दिवशको अबसर पारेर नेकपा एमाले चन्द्रपुर नगर कमिटि र अनेरास्ववियु जिल्ला कमिटिको आयोजनामा रौतहटको चन्द्रनिगाहपुर मुख्यचोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिका वाड नं. ४ चन्द्रनिगाहपुर मुख्यचोकमा आयोजित दिप प्रज्वलन कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थतिी रहेको थियो ।
कार्यक्रममा पार्टी मधेस प्रदेश कमिटी उपसचिव आरती भण्डारी पार्टीका पूर्व प्रदेश कमिटी सदस्यहरू कृष्ण तिमलसेना अखिलेश्वर चौधरी, जिल्ला कमिटी सचिव बाबुराम दाहाल उपसचिव मुना लामिछाने, नगर अध्यक्ष शिव आचार्य लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव आचार्यले जानकारी दिएका छन । अनेरासोवियु रौतहटका संयोजक करण देवकोटा र अनेरास्ववियु जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष सफल उप्रेतीको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी रौतहटको सदरमुकाम गौर स्थीत बिपीचोकमा पनि संबिधान दिवशको अबसरमा दिप प्रज्वलन गरिएको थियो । नेकपा एमाले जिल्ला कमिटि रौतहटका उपाध्यक्ष रुपेश कुमार पटेल लगायत नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागितामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । यस्तै रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ का वाड अध्यक्ष रबि राना मगरले आफनै वाडा कार्यालयमा दिप प्रज्वलन गरेका थिए । वाड अध्यक्ष रानाले हरेक संबिधान दिवशको अबसर पारेर वाड कार्यालयमा दिप प्रज्वलन गदै आएका छन ।