सहकारीको मर्म नबुझेकाहरुले चलाएको सहकारीमा समस्या छ — नेफ्स्कुन अध्यक्ष ढकाल

0
46

चन्द्रपुर,५ असोज
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्र ढकालले सहकारीको मर्म नबुझेकाहरुले चलाएको सहकारीमा समस्या रहेको बताएका छन । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा रहको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधरण सभाको उदघाटन गदै अध्यक्ष ढकालले यस्तो बताएका हुन । वास्तबीक सहकारीकर्मीले चलाएको सहकारी संस्थाहरुमा कुनै किसिमको समस्या नरहेको बताउदै अध्यक्ष ढकालले पैसा कमाउनको उदेश्यले मात्रै खोलिएका सहकारीमा समस्या रहेको बताएका छन ।
साधरण सभाका प्रमुख अतिथि समेत रहेका अध्यक्ष ढकालले सहकारीको मर्म,भाबना अनुसार चलेका सहकारीहरु शानदार संग चलिरहेको र कुनै किसिमको समस्या नरहेको प्रष्ट पारेका छन । बजारमा चलेको हल्ला जस्तो सहकारीमा समस्या नभएको र केही सहकारीमा मात्रै संचालक बैमान भएकै कारण समस्यामा परेको अध्यक्ष ढकालको भनाइ रहेको थियो । अब सहकारीहरुले शेयरधनीलाइ दिइने सेवा सुबिधा र शेयरधनीको मन जित्ने किमिसको प्रधिस्पर्धा गर्न अग्रसर हुनुपर्ने समेत अध्यक्ष ढकालले बताएका छन । अध्यक्ष ढकालले रहनसहन, रीतिरिवाज, दैनिक जीबनयापन, अर्थोपार्जन लगायत सामाजिक सम्बन्धका बिषय लाई सहकारी मार्फत जोडन सक्नु पर्ने बताएका छन । सहकारीको कार्यले सबैतहका राज्य लाई फाईदा पुगेको बताउनु हुदै अध्यक्ष ढकालले नागरिक, समुदाय र सबै प्रकारका राज्य जोडिएको भनाइ राखेका थिए । आफुले लगानी गरेको संस्थाको नेतृत्व कुशल छ की छैन, काम प्रति बफादार छ की छैन शेयर सदस्यले नीगरानी गर्न जरुरी रहेको अध्यक्ष ढकालको भनाइ रहेको थियो ।
सो सभाको चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलम, चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष सहदेब केसी, रौतहट बचत तथा ऋण सहकारी संघका अपाध्याक्ष राम बिश्वास पासवान, सर्लाही बचत तथा ऋण सहकारी संघका अध्यक्ष मन्दिरा आचार्यले संस्थाले गरेको कार्य प्रगतीको प्रशंसा गर्दै शुमकामना मन्तब्य दिएका छन । सभामा अध्यक्ष बसन्त आचार्यले अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन, यस्तै सचिब सञ्जय प्रसाद साहले आर्थीक बर्ष ०८०÷०८१ को प्रगति प्रतिबेदन र आर्थिक बर्ष ०८१÷०८२ को प्रस्ताबित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक रामहरी पंडितले लेखा सुपरिवेक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष भिम बहादुर बिकले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बसन्त आचार्यको सभापतित्वमा सम्पन्न सभाको संचालन कोषाध्यक्ष भिम बहादुर बिकले गरेका थिए भने स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारीले राखेका थिए । साधरण सभामा कलाकार ध्रुब कोइरालालाइ सम्मान गरिएको थियो । कलाकारिता मार्फत समाजसेवामा योगदान पुराएको भन्दै कलारकार कोइरालालाई सम्मान गरिएको थियो । संस्थाले चिठा माफर्त बिभिन्न पुरस्कार पनि राखेको छ । उदघाटन सत्र सम्पन्न भएपछि चिठा मार्फत पुरस्कार बितरणको कार्यक्रम राखिने संस्थाका अध्यक्ष आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here