सिन्धुरेघारीमा निशुल्क आँखा र दातको शिबिर

0
59

चन्द्रपुर,५ असोज
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ मा निशुल्क आँखा र दातको शिबिरको आयोजना गरिएको छ । सिन्दुरेघारी टोल बिकास सस्थाको आयोजनामा भएको शिबिरमा चन्द्रपुर वाड नम्बर ९ का अध्यक्ष नवराज देबकोटाले आफनो आँखाको परिक्षण गरेर सुरुवात गरिएको थियो । स्वास्थ्य परिक्षण गराउनु अघि अध्यक्ष देबकोटाले नगरपालिका भित्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले सुरुवात गरिएको यस निशुल्क शिबिरबाट धेरै धेरै सर्वसाधारण लाभान्वित हुने कुरामा आफू बिश्वस्त रहेको बताए।बिहान ८। बजे देखि सुचारु गरिएको कार्यक्रममा ,नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्द चौलागाईंले सेवाको भाबका साथ नौ नम्बर वडा बाट सुरुवात गरिएको कार्यक्रम सबै नगरपालिका भित्र पुग्ने भन्दै सिधुरेघारी टोल सधार सस्थाले आफनो गाउमा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण अभियानबाट हरियाली गाउँ बनाउने क्रममा जुटेकाले धन्यवाद व्यक्त गरे। त्यसैगरी मुलघर सहकारीका अध्यक्ष महेन्द्र चौलागाईंले मकै खेतीमा ब्यहोर्नुपरेको क्षती बापत प्राप्त रकम बाट स्थापना गरिएको ग्रामीण स्वास्थ केन्द्रमा सुरुवात गरिएको निसुल्क स्वास्थ्य शिबिर संचालन भएकोमा खुसी व्यक्त गरे।
नेपाली सेनाका मेजर रामकुमार रोक्का जन जागृती माबी सिन्दुरेघारीका प्रधानाध्यापक सत्रुधनप्रसाद साह निजगढ तिलगंगा अस्पतालका डाक्टर दिपक सुवेदी ग्रामीण स्वास्थ्य केन्द्र सिन्दुरेघारी अध्यक्ष खडग बहादुर कार्की ,धर्मशालाका अध्यक्ष शंकरप्रसाद सत्याल लगायतका स्थानीय अगुवाहरुको उपस्थितिमा भएको कार्यक्रम बाट आँखा र दात गरि झण्डै चार सयको संख्यामा स्वास्थ्य परिक्षण गरि औषधि समेत उपलब्ध गराइएको डाक्टर सुबेदिले सम्पत्ति न्युजलाइ बताए । सस्थाका अध्यक्ष रामप्रसाद त्रिपाटीको अध्यक्षतामा भएको कार्यक्रम संचालन भने प्रराज चौलागाईंले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here