चन्द्रपुर,९ असोज
रौतहटको चन्द्रनिगाहपुरमा रहेको सप्तरङ्गी नेपालको १३ औं वार्षिक साधारण सभा बुधबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । करिब ६० जना भन्दा बढी भएको भेलाले नया कार्य समिति चयन गरेको छ । साधरण सभाबाट समितिको अध्यक्षमा धिरेन्द्र दास,उपाध्यक्षमा महेन्द्र चौधरी,सचिबमा देबजित मुखिया,कोषाध्यक्षमा रबिन्द्र चौधरी चयन भएको सप्तरङ्गी नेपालको कार्यक्रम संयोजक जिना रानाले जानकारी दिनुभएको छ । यसैगरी समितिको सदस्यहरुमा सुरेन्द्र सिंह,शेख फक्रुल, पवन राम लगायत रहेका छन भने सल्लाहकारमा अस्मिता थापा भण्डारी चयन हुनुभएको छ । साधरण भेलामा आर्थिक बर्ष २०८०÷०८१ को लेखा तथा हिसाब किताबको बारेमा जानकारी गराइएको थियो भने समाजिक लेखा परिक्षण पनि गरेको कार्यक्रम संयोजक रानाले जानकारी दिनुभएको छ । साधरण सभामा चन्द्रपुर नगरपालिका वाड नं. ७ का वाड अध्यक्ष बिष्णु उप्रेती,वाड नंं १० का वाड अध्यक्ष टंकेश्वर चौधरी,चन्द्रपुर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रकला बराल,प्रादेशीक गौर अस्पतालका एआइटी काउन्सिलर लगायतको उपस्थीती रहेको थियो । सो संस्थाले रौतहट जिल्लाभरी यौनिक तथा लैंगिक अल्पसंख्यकको हक अधिकार तथा एचआइभी एडस नियन्त्रणको लागी काम गदै आइरहेको छ ।