राष्ट्रिय महिला फुटबल खेलाडीलाइ गृह जिल्ला रौतहटमा नगद सहित सम्मान

0
25

चन्द्रपुर,२२ कार्तिक
साफ महिला च्याम्पियनसिप–२०२४ सहभागी महिला फुटबल खेलाडीलाइ बिहीबार एक कार्यक्रमका बिच गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा सम्मान गरिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वाड अध्यक्ष रबि राना मगर र वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसीले छुटाछुटै कार्यक्रम गरी भर्खरै सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा सहभागी महिला फुटबल खेलाडीहरुलाइ नगद ५÷५ हजार सहित सम्मान गर्नुभएको हो । चन्द्रपुर ४ का वाड अध्यक्ष रबि राना मगरले आफनै कार्यकक्षमा सम्मान गर्नुभएको थियो भने वाड नं. ६ का वाड अध्यक्ष केसीले शेर बहादुर दर्लामी स्मृती रंगशालामा सम्मान गर्नुभएको थियो ।
चन्द्रपुरका महिला फुटबल सहभागी टिमले साफ महिला फुटबल प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भएको भन्दै महिला फुटबल खेलाडीहरुलाइ सम्मान गरेको वाड नं. ४ का वाड अध्यक्ष राना मगरले बताउनुभयो । आफनै वाडका चेलीहरुले खेल मार्फत देशको पहिचान बनाएकोमा वाड अध्यक्ष राना मगरले खेलाडीहरुलाइ धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
यसैगरी वाड नं. ६ को आयोजनामा भएको सम्मान कार्यक्रममा प्रदेश सभा सदस्य युवराज भट्टराई र अध्यक्ष केसीले नगद ५ हजार सहित महिला फुटबल खेलाडीहरुलाइ सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य भट्टराईले चन्द्रपुर महिला फुटबल उत्पादन गर्ने भुमी भएको हुदा अझ सबल महिला खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । यसैगरी वाड अध्यक्ष केसीले आफनो वाडमा जन्मीएका चेलीहरु आज देशको राष्ट्रिय खेलाडी भएर देश तथा बिदेशमा चन्द्रपुरको नाम राख्न महिला खेलाडीहरु सफल भएकोमा हार्दिक धन्यवाद दिनुभएको थियो ।
वाड अध्यक्ष द्धय राना र केसीले नेपाली फुटबल टिममा प्रतिनिधित्व गर्ने रौतहटका खेलाडीहरू रेनुका नगरकोटी , अनिता केसी , अन्जना राना मगर , सविता राना मगर , निशा ठोकर, रश्मी घिसिङ , समीक्षा घिमिरे र सजनी ठोकरलाई सम्मान गर्नुभएको थियो । साफ महिला च्याम्पियनसिपको टिमका सदस्यहरूमध्ये रौतहटका मात्रै ८ सहभागी थिए । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता बनेको थियो ।
साफ महिला च्याम्पियनसिप खेलमा खेलाडीको पोजिसनको हिसाबले रेनुका नगरकोटे, अनिता केसी मिडफिल्डमा रहेको रौतहट फुटबल संघका महासचिब मधुसुदन धितालले जानकारी दिनुभएको छ । निशा ठोकर,सजनी ठोकर, समीक्षा घिमिरे डिफेन्सको भूमिकामा थिए भने रश्मि कुमारी घिसिङ र सविना राना मगर स्ट्राइकर भएको महासचिब धितालले जानकारी दिनुभयो । यसैगरी अञ्जना राना मगर गोलकिपरको शसक्त भूमिकामा रहेको उहाको भनाइ थियो ।
रौतहटका उत्पादनमध्ये ५४ जनाले विभिन्न विभागीय टिमबाट खेलिसकेको र जसमा हाल विभागीय टिमबाट खेलिरहेकाको संख्या ३३ जना रहेको महासचिब धितालले जानकारी दिनुभएको छ । महासचिब धितालका अनुसार हाल विभागीय टिममा रहेकोमा आर्मीमा ९, एपीएफमा १५, पुलिसमा ९ जनाले खेलिरहेका छन्।
सन् २०१९ मा रौतहटकै यु–२० मा १४ जना राष्ट्रिय टिममा परेका थिए। जसमा अञ्जना राना मगर, सविता राना मगर, रश्मि कुमारी घिसिङ,सपना राई, समीक्षा घिमिरे, निशा ठोकर, पुन्जली कुश्वार, रविना गोले, मनीषा राउत, अश्मिता वैध, मन्जली योञ्जन, सलुनी राना मगर, आशा कुश्वार, रोजिना श्रेष्ठ परेको महासचिब धितालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here