चपुर आएर कांग्रेस महामन्त्री थापाले भने ‘छठ बैदिककाल देखीको पर्व होे’

0
30

चन्द्रपुर,२३ कार्तिक
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठ पर्व बैदिककाल देखीको पर्व भएको बताउनुभएको छ । बिहीबार साझ रौतहट आउनुभएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित छठ पर्वको शुभकामना आदान कार्यक्रममा यस्तो बताउनुभएको हो । आफु अहिले मधेशमा छठ पर्वको अबसरमा परिवार सहित मठमन्दिर दर्शन गर्ने उदेश्यले आएको बताउदै महामन्त्री थापाले काठमाण्डौको कमलपोखरीमा छठ घाट बनाएको समेत स्मरण गर्नुभएको थियो । बुढापाकाका भनाइ अनुसार हिन्दुहरुको छठ पर्व बैदिककाल देखी नै मनाउदै आएको हुदा यो पर्व देश ब्यापी रुपमा मनाउन थालिएको महामन्त्री थापाले बताउनु भयो ।
हामी सबैले देशको भाषा,संस्कृती तथा धर्मको बारेमा जान्न अति जरुरी भएको उहाको भनाइ थियो । यही कुरा सिकाउन पनि आफनो श्रीमती,छोरी सहितको परिवार छठ परिवार हेर्न मधेश झरेको महामन्त्री थापाले बताउनु भयो । महामन्त्री थापा हिजो जनकपुर आउनुभएको थियो । उहा आज बिभिन्न जिल्ला हुदै रौतहटबाट बिरगंज जानुभएको नेबि संघ रौतहटका पुर्व अध्यक्ष श्यामहरी चौलागाइले जानकारी दिनुभएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादब,रौतहट जिल्ला सभापति तथा मधेश प्रदेशका अर्थमन्त्री जितेन्द्र यादब,रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिना,रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले,गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम यादब,परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल,राजपुर नगरपालिका नगर प्रमुख रजिक आलम लगायत नेपाली कांग्रेसका नेताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here