चन्द्रपुर,२३ असोज
रौतहटको चन्द्पुर नगरपालिकावडा नं ८ अल्टोकीस्थित सडकको दुवै किनारामा आफ्नोे गाउँ आफै बनाउँ भन्ने नाराका साथ वृक्षरोपण गरिएको छ। चन्द्रपुर नगरपालिका वडा नं ८ को आयोजनामा वृक्षरोपण कार्यक्रम गरिएको हो । विजया दशमीको अवसर पारेर गरिएको बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तथा रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले बृक्षारोपण कार्यक्रमलाइ एउटा अभियान नै बनाउनु पर्ने बताएका छन । प्रतिनिधि सभा सदस्य तिमल्सिनाले बिरुवा रोपेर मात्र केही नहुने यसलाई हुर्काउन पनि उतिकै जिम्मेबार बन्नु पर्ने बताएका छन । यसैगरी चन्द्रपुर नगरपालिका नगरप्रमुख सञ्जय काफ्लेले वृक्षरोपणले नगर क्षेत्रलाई हराभरा बनाउने र प्रदूषणमुक्त पार्न सहयोग पुर्याउने हुँदा सबै वडामा यस्ता कार्यक्रम गरिनु पर्ने बताए।
पर्यावरण स्वच्छता बढाउने उद्देश्यका साथ सडक किनारमा विभिन्न प्रजातिका विरुवाहरुको वृक्षरोपण गरिएको चन्द्रपुर नगरपालिका वाड नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले बताएका छन । कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेश प्रवक्ता सुर्य बहादुर थापा , नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि मिथिलेस कुमार मिश्र,वडा नं ९ का अध्यक्ष नवराज देवकोटा,वडा नं५ का अध्यक्ष निलहरि कोइराला,नेपाली काङ्ग्रेस चन्द्रपुर नगर समिति सभापति मुकेस गिरी,जनज्योति बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष सञ्जय कुमार कार्की जनज्योति नमुना मा विका अध्यक्ष नरेश लामिछाने, नेपाली काङ्ग्रेस रौतहट जिल्ला कार्य समिति सदस्य श्याम हरि चौलागाईं,युवा नेता सुमन गौतम लगायत स्थानिय भद्र भलादमीको उपस्थिति रहेको थियोे। स्थानीयको सहभागितामा चन्द्रपुर नगरपालिकाको वडानम्बर ८ को आयोजनामा बृक्षारोपण गरिएको हो । बाताबरण अनुकुलता र गाउको शौन्दर्यकरणको लागि सडकको दुबै किनारमा फुल, धुपी, अशोक सहितको बिरुवा रोपिएको हो । बढदो बन बिनाश र प्राकृतिक प्रकोपको जनधनको क्षती भैरहेको अबस्थामा गाउ शहर लाई हरियाली बनाउनु पर्छ भन्ने उदेश्यका साथ आज बृक्षारोपण गरिएको नेपाली कांग्रेसका युवा नेता श्यामहरी चौलागाईले जानकारी दिएका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब तथा चन्द्रपुर नगरपालिकाका वाड नंं ९ का गोबिन्द चौलागाईले जन्मदिनलाइ उत्सवको रुपमा मनाउनको लागी रौतहटबाट बृक्षारोपण अभियान नै संचालन गरेका छन । यो अभियान काठमाण्डौ,सर्लाही,महोत्तरी लगायत बिभिन्न जिल्लाहरुमा संचालन भइरहेको सचिब चौलागाईले जानकारी दिएका छन ।






