चन्द्रनिगाहपुरमा सुबिधा सम्पन्न गोल्डेन ब्याङ्केट तथा रेष्टुरेन्ट संचालन

0
48

चन्द्रपुर,१ मंसिर
रौतहटको चन्द्रनिगाहपुरमा शनिबार देखी औपचारिक रुपमा सुबिधा सम्पन्न गोल्डेन ब्याङ्केट तथा रेष्टुरेन्ट संचालनमा आएको छ । उक्त गोल्डेन ब्याङ्केटको रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले एक कार्यक्रमका बिच उदघाटन गर्नुभएको छ । ब्याङ्केटको उदघाटन गदै संसद तिमलसिनाले चन्द्रनिगाहपुरमा बढदै गएको शहरीकरणको कारण पनि सुबिधा सम्पन्न हलहरुको खाचो भइरहेको अबस्थामा यस्तो किसिमको ब्याङ्केट संचालनमा आउनु यसभेगका नागरिकको लागी राम्रो पक्ष भएको बताउनु भएको छ ।
ठुला ठुला बिवाह बर्तन्ध तथा पार्टीका अधिवेशन तथा बिभिन्न कार्यक्रम गर्न यस प्रकारको हलले ठुलो सहयोग पुग्ने संसद तिमलसिनाले बताउनु भएको छ । होटल तथा पर्यटन ब्यबसायी संघ रौतहटका अध्यक्ष तथा त्यसै गोल्डेन ब्याङ्केटका संचालक शिवराम राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का संचालक दिनेश मैनालीले स्वागत मन्तब्य राख्नुभएको थियो । खडग मैनालीको संचालनमा भएको उदघाटन कार्यक्रममा चन्द्रपुर नगर बाणिज्य संघका पुर्व अध्यक्ष बासु अधिकारी,रौतहट उद्योग बाणिज्य संघका उपाध्यक्ष सुनिल साह,संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश पौडेल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । करिब ५ करोडको लगानीमो सो ब्याङ्केट निमार्ण गरिएको र अझ सानो हल तथा बिभिन्न किसिमका रंगरोगन गर्नको लागी १ करोड भन्दा बढी लगानी हुन सक्ने संचालक दिनेश मैनालीले जानकारी दिएका छन । गोल्डेन ब्याङ्केटको संचालकहरुमा शिवराम राउत,दिनेश मैनाली,प्रकाश अधिकारी र सुरेन्द्र भट्टराई रहेका छन । उदघाटन कार्यक्रममा बिभिन्न नगरपालिकाका नगर प्रमुखहरु, वाडअध्यक्षहरु,बिभिन्न राजनितिक दलहका प्रतिनिधिहरु,समाजसेवी,बुद्धीजिबीहरुको बाक्लो उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here