चन्द्रपुर,१ मंसिर
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं.४ मा रहेको हातेमालो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ साधरण सभा शनिबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । उक्त साधरण सभाको रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु कुमार पोखरेलले बत्ती बालेर उदघाटन गर्नुभएको थियो । साधरण सभामा अध्यक्ष पोखरेलले बिधि संबत चलेका सहकारीहरुमा कुनै पनि समस्या नभएको बताउनु भएको छ । बिधि र बिधानलाइ आत्मसाथ नगरेका सहकारी मात्रै संकटमा परेको अध्यक्ष पोखरेलले बताउनु भएको छ । गरिब जनताको बचत सुरक्षित गर्नु संचालकहरुको मुख्य जिम्मेबारी भएको हुदा ऋण प्रवाह गर्दा बिधि बिधान अनुसार गर्नुपर्ने अध्यक्ष पोखरेलले बताउनु भएको छ ।
यसैगरी चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख तथा साधरण सभाका बिशिष्ठ अतिथि शेख नसरे आलमले ऋण लिएका शेयर सदस्यहरुले इमानदारिकता साथ ऋण तिर्न आग्रह गर्नुभएको छ । शेयर सदस्यहरुले ऋण नतिरेकै कारण कतिपय सहकारी संस्थाहरु डुब्न पुगेको समेत उहाले बताउनु भयो ।
यसैगरी स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष,नरेन्द्र राना,संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश पौडेल,शेयर सदस्य श्रीराम न्यौपाने,संचारकर्मी रमेश तिमलसिना लगायतले साधरण सभामा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष बिरु राना मगरको अध्यक्षतामा सम्पन्न भएको साधरण सभामा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक दिपक घिमिरेले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष नरेश लामिछानेले संचालन गर्नुभएको खुल्ला सत्रमा संस्थाका अध्यक्ष बिरु राना मगरले अध्यक्षको प्रतिबेदन पेश गर्नुभएको थियो । प्रतिबेदन प्रस्तुत गदै अध्यक्ष रानाले गत आर्थिक बर्षमा यस सहकारी संस्थाले ८ लाख १९ हजार ३ सय ६९ रुपैया नाफा कमाउन सफल भएको जानकारी दिनुभएको छ । सो संस्थामा हाल सम्म ६ सय ३१ जना शेयर सदस्य रहेको समेत उहाले जानकारी दिनुभयो । साधारण सभामा अन्र्तराष्ट्रिय स्तरमा तेकान्दो खेलेका खेलाडी,जेष्ठ नागरिक बचतकर्ता,बाल बचतकर्तालाइ नगद सहित सम्मान गरिएको थियो ।
यसैबिच सोही साधरण सभाको बन्द सत्रले आगामी ४ बर्षको लागी दिपक घिमिरेको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति र बिरु राना मगरको अध्यक्षतामा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति चयन गरेको छ ।
संचालक समितिको उपाध्यक्षमा गिता देबी अधिकारी,सचिबमा राजन श्रेष्ठ,कोषाध्यक्षमा नरेश लामिछाने,सदस्यहरुमा चन्द्रा कुमारी गुरुङ,गोरख बहादुर दर्लामी मगर,केशब बहादुर खडका रहेको निर्वाचन समितिका संयोजक तथा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख शेख नसरे आलमले जानकारी दिनुभएको छ । यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा बिरु राना मगर र सदस्य द्धयमा मेनुका ढकाल र सुमित्रा थापा रहेको उहाले जानकारी दिनुभयो ।