रौतहटमा वाड अध्यक्ष पदमा ४५ जनाको उमेदवारी दर्ता

0
23

चन्द्रपर,२ मंसिर
आउदो मंसिर १६ गते हुने उप निर्वाचनमा रौतहटको ३ वटा वाडमा आध्यक्ष पदको लागी ४५ जनाले आज उमेदवारी दर्ता गरेका छन । रौतहटको गढीमाइ नगरपालिका वाड नं. ८ को वाड अध्यक्ष पदमा १६ जना,राजपुर नगरपालिका वाड नं. ६ मा १४ जनाले र इशनाथ नगरपालिका वाड नं. ७ मा १५ जनाले वाड अध्यक्ष पदको लागी उमेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभएको छ ।सम्बन्धी वाड कार्यालयमा संचालन गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उमेदवारहरुले उमेदवारी दर्ता गरेको कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।
उमेदवारहरुले तामझाम तथा जुलुश सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । गढीमाइ ८ मा नेकपा एमालेको तर्फबाट यस अघिका वाड अध्यक्ष रामज्ञा यादबको श्रीमती जिउती देबी,नेपाली कांग्रेसको तर्फबाट सुबोध कुमार यादब,जनमत पार्टीको तर्फबाट सुरेन्द्र प्रसाद कुर्मी,जसपा नेपालको तर्फबाट सन्देश प्रसाद यादब,नेकपा एसको तर्फबाट बजरंगी प्रसाद यादब,राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रामबालक साह लगायत १६ जनाले वाड अध्यक्ष पदमा उमेदवारी दिएको कार्यालय प्रमुख दासले जानकारी दिनुभएको छ । नेकपा माओबादी केन्द्र र रास्वपाले भने यस वाडमा उमेदवारी दिएको छैन ।
यस्तै इशनाथ ७ मा नेकपा एमालेको तर्फबाट शेख अनबर,नेपाली कांग्रेसको तर्फबा शेख अब्दुल खलिक,रास्वपाबाट शेख असराज,नेकपा माओबादी केन्द्रबाट शेख अमिरुल,जनमत पार्टीबाट शेख अमिरुल हक,जसपा नेपालबाट शेख अब्दुल अहद,राप्रपाबाट मदन साह,नेकपा एसबाट सदरे आलम लगायत १५ जनाले वाड अध्यक्ष पदमा उमेदवारी दर्ता गराउनुभएको उहाले जानकारी दिनुभएको छ ।
त्यस्तै राजपुर ६ मा एमालेको तर्फबाट मोहमद नसिम अख्तर,जसपाबाट शेख जाजुल हक,जनमतबाट क्यामुदिन धुनिया,माओबादी केन्द्रबाट जिकरुलाह,राप्रपाबाट राम नारायण प्रसाद जयसवाल,नेपाली कांग्रेसको तर्फबाट समसे आलम लगायत १४ जनाले वाड अध्यक्षमा उमेदवारी दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here