रौतहट,८ मंसिर
आउदो मंसिर १६ गते रौतहटको गढीमाइ नगरपालिका वाड नं। ८ को वाड अध्यक्ष पदमा पनि चुनाब हुदैछ । सोही निर्वाचनको तयारीमा नेकपा एमालेकी उमेदवार जिउती देबी पनि जोडतोडले घरदैलो अभियानलाइ तिब्रता दिइरहनु भएको छ । सो वाडका वाडा अध्यक्ष श्रीमान रामाज्ञा यादबको गत जेठ २० गते निधन भएपछि एमालेको तर्फबाट जिउती देबीले वाड अध्यक्ष पदमा उमेदवारी दिनुभएको हो ।
घरदैलो कार्यक्रममा वाड अध्यक्ष उमेदवार जिउती देबीको एउटै धारणा छ श्रीमानको अधुरा योजनाहरु आफुले पुरा गर्ने रहर । २ बर्षको अबधिमा मेरा श्रीमानले यस वाडको बिकाशको लागी सडक,नाला,सिचाइ,बिधुतका धेरै काम गर्नुभयो अब बाकी काम आफुले पुरा गर्ने श्रीमती जिउती देबीले बताउनु भयो ।
२०७९ सालको स्थानिय तहको निर्वाचनमा यहाका मतदाताहरुले अत्यधिक मतले मेरो श्रीमानलाइ जिताउनु भयो त्यसैगरी मलाइ पनि अत्यधिक मतले वाड अध्यक्ष पदमा जिताउनेमा आफु विश्वस्त रहेको जिउती देबीको भनाइ छ । ५ बर्ष यस वाडको बिकाश गर्ने मेरा श्रीमानले जिम्मा लिनुभएको भएता पनि दैबले उहाले गर्न भ्याउनु भएन अब बाकी योजना म उहको प्रतिनिधिको रुपमा रहेर काम गर्ने श्रीमती जिउती देबीले प्रतिबद्धता गर्नुभएको छ । आफु प्रति स्थानिय जनताको हौसला मिलिरहेको हुदा चुनाब जित्नेमा कुनै शंका नरहेको समेत उहाले बताउनु भएको छ । जिउती देबी अहिले टिम बनाएर नै गाउ गाउमा घरदैलो अभियानमा हुनुहुन्छ । श्रीमान रामाज्ञा यादबले जसपा नेपालबाट चुनाब जित्नुभएको थियो तर उहांको श्रीमती नेकपा एमालेको तर्फबाट वाड अध्यक्षमा उमेदवारी दिनुभएको छ ।
सो वाड नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा मधेश प्रदेश सभा सदस्य कृष्णा यादब र नगर प्रमुख श्यामबाबु यादबको गृह वाड हो । नेपाली कांग्रेसले सो वाडको वाड अध्यक्ष पदमा सुबोध कुमार यादबले उमेदवारी दिनुभएको छ भने जसपा नेपालबाट सन्देश कुमार यादबले उमेदवारी दर्ता गराउनुभएको छ ।
उक्त वाडमा आफना उमेदवार जिताउन केन्द्रबाट नेताहरु आउने क्रम बढेको छ । बिहीबार मात्रै नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आउनुभएको थियो भने केही दिन अगाडी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादबले आम सभा नै गर्नुभएको थियो ।३ वटा मतदान केन्द्र भएको सो वाडमा २ हजार ७ सय ५१ मतदाता रहेका छन ।
आउदो १६ गते रौतहटको राजपुर ६ ,ईशनाथ ७ र गढीमाइ ८ मा उप निर्वाचन हुदैछ । राजपुर ६ र गढीमाइ ८ मा रास्वपाले उमेदवार उठाउन सकेन भने प्रभु साह नेतृत्वको आजपा पार्टीले कुनैपनि वाडमा उमेदवारी दर्ता गराएको छैन ।