चन्द्रपुर,२१ म्ंसिर
रौतहटको चन्द्रनिगाहपुरमा डायनामिक युनिभर्सल एजुकेसनल कन्सल्टेन्सीको शाखा कार्यालय शुक्रबारबाट संचालनमा आएको छ । उक्त कन्सल्टेन्सीको उदघाटन चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले गर्नुभएको थियो । कन्सल्टेन्सीको उदघाटन गदै नगर प्रमुख काफ्लेले सर्व सुलभ तरिकाले सुबिधा दिनु आग्रह गर्नुभएको छ ।
काठमाण्डौमा पाउने शिक्षा चन्द्रनिगाहपुरबाट पाउने भएपछि यहाका बिद्यार्थीहरु यही नै बसेर पढन पाउनु एउटा अबसरको रुपमा लिनुपर्ने नगर प्रमुख काफ्लेले बताउनुभएको छ । अहिले हाम्रा बालबालिकाहरु बिदेश जाने लहर चलिरहेको अबस्थामा विश्वस्नीता पुर्वक काम गर्न समेत नगर प्रमुख काफ्लेले सुझाब दिनुभएको छ । कार्यक्रममा मधेश प्रदेशका पुर्व प्रदेश सभा सदस्य धनलाल ठोक्करले बिद्यार्थीहरुको भाबना बुझेर भाषा सिकाउनुपर्ने र काम गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मी, नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य सपुत बहादुर कार्की,चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,वाड नं. १ का वाड अध्यक्ष बलराम राउत, नेकपा माओबादी केन्द्रका मधेश प्रदेश सदस्य तथा महिला नेतृ देबकी नेपाल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कन्सल्टेन्सीका संचालक जितन खनालको अध्यक्षमा भएको कार्यक्रममा चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बासुदेब अधिकारी,माउन्ट एभरेष्ट आबासिय माबि चन्द्रनिगाहपुरका अध्यक्ष उमेश बास्कोटा नेपाली कांग्रेसका युवा नेता बिनोद गुप्ता,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,प्रेस युनियनका रौतहट अध्यक्ष प्रिमेश शिवाकोटी लगायत स्थानिय भद्र भलादीम तथा बुद्धीजिबीहरुको उपस्थीती रहेको थियो ।
कन्सल्टेन्सीले दिने सेवा सुबिधाको बारेमा कन्सल्टेन्सीका संस्थापक संचालक राजकुमार बर्तौलाले जानकारी गराउनुभएको थियो ।
यस कन्सल्टेन्सीले चन्द्रनिगाहपुरबाट काठमाण्डौमा दिइने सेवा सुबिधा यहीबाट प्रदान गरिने कन्सल्टेन्सी चन्द्रनिगाहपुरका संचालक देबेन्द्र अर्यालले बताउनुभएको छ । बिद्यार्थीैहरुले अध्ययनको लागी बाहिर देशमा जानको लागी अब काठमाण्डौ जानु नपर्ने अर्यालको भनाइ थियो । बैदेशिक शिक्षाको लागी युके,अमेरिका,क्यानाडा लगायतका देशहरु जानको लागी अब काठमाण्डौ धाइरहनु नपर्ने संचालक अर्यालले बताउनु भयो । सहज भएको समेत सो कन्सल्टेन्सीको कार्यालय चन्द्रनिगाहपुर— गौर सडक खण्डको देउराली चोकमा खुलेको हो ।