नगरबासीको सहज उपचारको लागी बिभिन्न उपकरण हस्तान्तरण— नगर प्रमुख काफ्ले

0
171

चन्द्रपुर,२ पुस
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर नगर अस्पतालमा उपचारको लागी आवश्यक उपकरणहरु प्रयाप्त मात्रामा हुन थालेपछि बिरामीको चाप बढेको छ ।बिरामीको रोग परिक्षणको लागी अस्पतालमा उपकरणहरु प्रयाप्त मात्रामा आउन थालेपछि स्थानिय निजी अस्पताल जान छाडेर सरकारी चन्द्रनिगाहपुर अस्पतालमा आउन थालेका हुन ।निजी अस्पतालमा पाउने सुबिधा सरकारी अस्पताल मै न्युन रकम अर्थात निशुल्क पाउने भएपछि निजी अस्पताल जान छाडेको स्थानिय अर्जुन मैनालीले बताउनुभएको छ । दक्ष स्वास्थ्यकर्मी र रोग परिक्षणको सम्पुर्ण समानहरु सरकारी अस्पतालमै भएपछि निजी अस्पताल जान छाडेको उहाले बताउनु भयो । बिमा तथा सहज र सुलभ रुपमा उपचार आजको आवश्यकता भएको अबस्थामा सो सुबिधा सरकारी अस्पतालले उपलब्ध गराएकै कारण अहिले चन्द्रनिगाहपुर अस्पतालमा बिरामीको चाँप बढेको उहाको धारणा छ । स्वास्थ्य बिमा गराएकाहरुले सम्पुर्ण किसिमको औषधी समयमै उपलब्ध गराउनुपर्ने सो अस्पतालामा उपचार गराउन आएका स्थानिय टंक देबकोटाले सुझाब दिनुभएको छ । राज्यले उपचारको लागी जनतालाइ दिने भनिएको औषधी र उपचार सरल र सहज रुपमा पाउने भएपछि स्थानिय निजी अस्पताल जानबाट रोकिने समेत देबकोटाले बताउनुभएको छ ।
अस्पतालमा सम्पुर्ण किसिमका बिरामीहरुको सहज र सस्तोमा उपचार गर्ने उदेश्यले बिभिन्न उपकरणहरु आइरहेको सोही अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तबले जानकारी दिनुभएको छ । मंगलबार नै स्वास्थ्य मन्त्रालयको सहयोगमा एक थान फोटो थेरापी र इसिजी मेशिन सहयोग प्राप्त भएको उहाले जानकारी दिनुभएको छ । फोटो थेरापी मेशिन अति नै आवश्यक भएको अबस्थामा प्राप्त भएको उहाले बताउनु भयो । १ महिना सम्मका बच्चाहरुको उपचारको लागी फोटो थेरापी मेशिन अति जरुरी रहेको डा. श्रीवास्तबले बताउनुभएको छ । सो मेशिन नहुदा बच्चाहरुको उपचारको लागी निजी अस्पतालमा पठाउनु परेको डा. श्रीवास्ताबले जानकारी दिनुभएको छ । सो मेशिन चाडै नै संचालन गर्ने उहांले बताउनु भयो । उक्त समाग्री नेपाली कांग्रेसका युवा नेता मिथलेश मिश्रको पहलमा स्वास्थ्य मन्त्रालयबाट उपलब्ध गराइएको थियो ।
यसैगरी करिब १ महिना अगाडी सोही अस्पतालमा ट्रमा सेन्टर संचालनको लागि लायन्स अन्तर्राष्ट्रिय क्लब र चन्द्रपुर नगरपालिकाको साझेदारीमा चन्दनिगाहपुर अस्पताललाई ट्रमा सेन्टर संचालनको लागि अति आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो । एनएस थेसीया, भेन्टिलेटर, ओटी टेबल सेट, ओटी लाईट सेट, आइसियु बेडसहित सेटअफ लगायत ट्रमाको लागि चाहिने २ सय भन्दा बढी उपकरण चन्द्रनिगाहपुर अस्पतालमा सहयोग आएको डा. श्रीवास्तबले जानकारी दिनुभएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्गसंग जोडिएको रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीहरुलाई राहत पुग्ने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले बताउनु भयो । लायन्स अन्तर्राष्ट्रिय क्लबले करिब १ करोड ६० लाख मूल्यका सामग्री चन्द्रनिगाहपुर अस्पताल लाई हस्तान्तरण गरेपछि यसको कार्यविधि बनाएर सञ्चालनमा ल्याइने नगर प्रमुख काफ्लेले जानकारी दिनुभएको छ ।सडक दुर्घटना, प्राकृतिक विपत्तिका कारण मानवको अकालमा ज्यान नजाओस् भन्नका लागि चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगर प्रमुख काफ्लेको भनाइ रहेको छ । लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले राजमार्गसंग जोडिएको चन्द्रपुरमा ट्रमा सेन्टरको आवश्यक रहेको बताउदै उनले लायन्सले बिभिन्न परियोजना मार्फत शिक्षा, स्वास्थ्य डाईबिटिज रोग जस्ता क्षेत्रमा कार्य गर्दै आइरहेको जानकारी दिनुभयो । बिरामीहरुका रौतहटको चन्द्रनिगाहपुर अस्पतालको सेवा बिस्तार हुने भएको छ । यसअघि चन्द्रनिगाहपुर अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, ओपिडी, प्रयोगशाला, एक्सरे, डे«सिङ्ग, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बीमा सेवा सञ्चालन गर्दै आएकोमा आगामी दिनमा ट्रमा सेन्टर सञ्चालन गर्ने भएको हो । अस्पतालमा सम्पुर्ण किसिमका उपकरणको ब्यबस्था भएपछि हिजो आज दैनिक साडे ३ सय देखी ४ सय जना सम्म बिरामीहरु आउने गरेका छन । सर्पदंशको उपचारको लागी जिल्लाभरीका बिरामीहरु चन्द्रनिगाहपुर अस्पतालमा आउने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here