चन्द्रपुर,४ पुस
सामुदायिक वनहरुको हक हितमा काम गदै आइरहेको सामुदायिक बन उपभोक्त महासघ नेपाल जिल्ला महासघ रौतहटको समिक्षा बैठक बिहीबार सम्पन्न भएको छ । नेपालमा सामुदायिक बन अधिकार सुनिश्चितता परियोजना कार्यक्रम अन्तर्गत स्थानीय नगर वन ऐन, सामुदायिक बन उपभोक्ता समुहको बिधान, कार्ययोजना परिमार्जन तथा सामुदायिक वनमा उधम सन्चानका लागी नगर स्तरीय छलफल तथाअन्तरक्रिया कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको हो । केही दिन अगाडी रौतहटको चन्द्रपुर,बृन्दावन,गुजरा र फतुवा बिजयपुर नगरपालिकामा नेपालमा सामुदायिक बन अधिकार सुनिश्चितता परियोजना कार्यक्रम अन्तर्गत स्थानीय नगर वन ऐन, सामुदायिक बन उपभोक्ता समुहको बिधान, कार्ययोजना परिमार्जन तथा सामुदायिक वनमा उधम सन्चालन सम्बन्धी अन्र्तर क्रिया कार्यक्रम गरेको थियो । सोही कार्यक्रमको समिक्षा बैठकको आयोजना गरेको महासंघका रौतहट अध्यक्ष बेदहरी दाहालले जानकारी दिनुभएको छ । ति ४ वटै नगरपालिकामा आयोजित कार्यक्रममा नगर उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्य ज्युहरु, वन तथा वातावरण समितिका संयोजक,नगरपालिका का कर्मचारी ,डिभिजन व कार्यालय रौतहटका सहायक वन अधिकृत , नगर महासंघका पदाधिकारीहरु , मधेस प्रदेश महासंघ तथा संघीय महासंघका प्रतिनिधि, नगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक वन समुहका अध्यक्ष तथा पदाधिकारीको सहभागिता रहेको अध्यक्ष दाहाले जानकारी दिनुभयो । यसैबिच सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित अध्यक्ष सहितका पत्रकारहरुलाइ सम्मान पनि गरिएको थियो । चन्द्रनिगाहपुर स्थीत आफनै कार्यालयमा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष संजय कुमार कार्की,उपाध्यक्ष डिल्ली बहादुर कार्की (सुब्बा),सदस्य रुद्र कुमारी कार्की र महासंघका मधेश प्रदेश परिषद सदस्य रमेश तिमलसिनालाइ सम्मान गरिएको हो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष संजय कुमार कार्कीले पत्रकार र सामुदायिक वन उपभोक्ता महासंघको सम्बन्ध नङ र मासुको जस्तै भएको बताउनुभएको छ । नव निर्वाचित अध्यक्ष सहितकालाइ सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरी दाहालले दोसल्ला ओडाइ सम्मान गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका उपाध्यक्ष टिका बहादुर आचार्य,महासचिब प्रेमा तिमलसिना,कोषाध्यक्ष रन्जु थापा,सचिवालय सदस्य राजु धामी,लक्ष्मी दाहाल,हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामलाल ठोक्कर लगायतको उपस्थीती रहेको थियो ।