चन्द्रपुर,४ मंसिर ब्रहम कुमारी राजयोग चन्द्रनिगाहपुर शाखाले बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ रौतहटका नव निर्वाचित अध्यक्ष संजय कुमार कार्की सहितका पत्रकारहरुलाइ सम्मान गरेको छ । चन्द्रनिगाहपुर स्थीत आफनै भवनमा आयोजित सम्मान कार्यक्रममा अध्यक्ष संजय कुमार कार्की,उपाध्यक्ष डिल्ली बहादुर कार्की (सुब्बा),सदस्य रुद्र कुमारी कार्की र महासंघका मधेश प्रदेश परिषद सदस्य रमेश तिमलसिनालाइ सम्मान गरिएको हो । सम्मान गदै ब्रहमकुमारी राजयोग चन्द्रनिगाहपुर उपशाखाकी प्रमुख बहन मैयाले सधै सतर्कममा लाग्न र बधाइ तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । पत्रकार समाजको अभिन्न अंग भएको बताउदै बहन मैयाले समाजलाइ सतकर्ममा लैजानको लागी महत्वपुर्ण भुमिका हुने धारणा राख्नुभएको थियो । यसैगरी महिला अधिकारकर्मी देबकी नेपालले पत्रकारको भुमिका र समाज सुदृढिकरणको लागी खेलको भुमिका बारे प्रकाश पार्नुभएको थियो । यसैगरी जन निर्वाचित अध्यक्ष संजय कुमार कार्कीले यस्ता किसिमको सम्मानले अझ उत्तरदायी बनाएको समेत बताउनु भएको छ । महासंघले आफनो काम निति नियम र पद्दती अनुसार काम गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ । सम्मान कार्यक्रममा उपाध्यक्ष डिल्ली बहादुर कार्की,सदस्य रुद्र कुमारी कार्की र प्रदेश परिषद सदस्य रमेश तिमलसिनाले समेत आफनो धारणा राख्नुभएको थियो । कार्यक्रममा ब्रहमकुमारी राजयोग सेवा केन्द्र चन्द्रनिगाहपुरमा आउनु आमाबुबाहरुको उपस्थीती रहेको थियो । कार्यक्रमको संचालन ब्रहम कुमार छोटेलालले संचालन गर्नुभएको थियो ।