चन्द्रपुर सुनचाँदी ब्यबसायी संघको चौथो साधरण सभा सम्पन्न

0
24

चन्द्रपुर,५ पुस
सुनचादी ब्यबसायीहरुको हक हितमा काम गदै आइरहेको चन्द्रपुर सुनचादी ब्यबसायी संघको चौथो साधरण सभा शुक्रबार चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । साधरण सभाका प्रमुख अतिथि नेपाल सुनचादी ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष अर्जुन रसाइलीले सुनचादी ब्यबसायीहरुलाइ इमान्दारका साथ काम गर्न आग्रह गर्नुभएको छ । सुनचादी ब्यबसायीहरुमा याबत किसिमका समस्याहरु भएको भएता पनि समस्या समाधानको लागी महासंघले काम गरिरहेको जानकारी गराउदै ग्राहकहरुको मन जित्ने किसिमको काम गर्न अध्यक्ष रसाइलीले ब्यबसायीहरुलाइ आग्रह गर्नुभएको छ । सुनचादीको ब्यबसाय क्रमस बिकाशको बाटोमा अघि बढदै गइरहेको अबस्थामा नया नया आधुनिक किसिमका गरगहना बनाइ उपभोक्ताको आवश्यकता र सेवा गर्नु अहिलेको अपरिहार्य कार्य रहेको अध्यक्ष रसाइलीले बताउनुभएको छ ।अध्यक्ष रसाइलीले सुनचादी बिलाशिता नभएर सम्पती भएको समेत दाबी गर्नुभएको छ । ब्यबसायीहरुले अब सुनचादीको कारोबार गर्दा बैक मार्फत मात्रै काम गर्न अध्यक्ष रसाइलीले यहाका ब्यबसायीहरुलाइ आग्रह गर्नुभएको छ ।
यसैगरी कार्यक्रमका बिशिष्ठ अतिथि तथा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराई समिरले चन्द्रपुर ‘सुनचादी ब्यबसायी संघको चौथो साधरण सभा तथा दोश्रो अधिवेशनको शुभकामना दिनुभएको छ । सुनचादी ब्यबसायीहरुलाइ समस्या परेको बखत आवश्यक सहयोगको लागी आफु तत्पर रहेको प्रदेश सभा सदस्य भट्टराईले बताउनुभएको छ ।
कार्यक्रममा सुनचादी ब्यबसायी मधेश प्रदेश अध्यक्ष रामजी साहले सुनचादी ब्यबसायीहरु दोहोरो मारमा परेको बताएका छन । कार्यक्रमका अतिथि समेत रहेका साहले चौथो साधरण सभाको शुभकामना दिदै यहा सुनचादी ब्यबसायीहरुलाइ सुन तथा चादी ओसार पसार गर्न ठुलो समस्या रहेको समेत बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की,चन्द्रपुर नगरपालिका वाड नं. ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,महिला सुनचादी ब्यबसायी नितु सेन्चुरी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
यसैबिच सोही साधरण सभामा नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ दोसल्ला ओडाएर सम्मान गरेको चन्द्रपुर सुनचादी ब्यबसायी संघ चन्द्रनिगाहपुरका संरक्षक प्रकाश गहतराजले जानकारी दिनुभएको छ । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की,उपाध्यक्ष डिल्ली बहादुर कार्की,सदस्य रुद्र कुमारी कार्की,प्रदेश परिषद सदस्य रमेश तिमलसिनालाइ सम्मान पत्र सहित सम्मान गरिएको संरक्षक गहतराजले जानकारी दिनुभयो ।
यसैगरी बिभिन्न पालिकाका नव निर्वाचित सुनचादी ब्यबसायी संघका अध्यक्षहरुलाइ पनि सम्मान गरिएको थियो । साधरण सभा चन्द्रपुर सुनचादी ब्यबसायी संघका अध्यक्ष प्रल्हाद रामुदामले आफनो कार्यकालमा भएका प्रगती बारे प्रकाश पार्नुभएको थियो । यसैगरी आउदा दिनमा संघले गर्ने योजनाहरुको बारेमा समेत उहाले साधरण सभामा जानकारी गराउनुभएको थियो । साधरण सभा चन्द्रपुर सुनचादी ब्यबसायी संघका अध्यक्ष प्रल्हाद रामुदामको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here