चन्द्रपुर,६ पुस
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ र ६ चन्द्रनिगाहपुर कार्यक्षेत्र भएको हातेमालो सामुदायिक वन उपभोक्ता समुह चन्द्रनिगाहपुरले नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित अध्यक्ष संजय कुमार कार्की सहित ४ जनालाइ सम्मान गरेको छ । शनिबार समुहको आफनै कार्यालय भवनमा आयोजित पत्रकार सम्मान कार्यक्रममा समुहका अध्यक्ष रामलाल ठोक्करले सफल कार्यकालको शुभकामना दिदै नव निर्वाचित अध्यक्ष संजय कुमार कार्की,उपाध्यक्ष डिल्ली बहादुर कार्की (सुब्बा),सदस्य रुद्र कुमारी कार्की र मधेश प्रदेश परिषद सदस्य रमेश तिमलसिनालाइ दोसल्ला र सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा समुहका अध्यक्ष ठोक्करले सामुदायिक वन क्षेत्रको संरक्षणमा पत्रकारहरुको सकरात्मक सहयोग पाइएको र आउदा दिनहरुमा अझ सहयोगको अपेक्षा गरेको बताउनुभएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित अध्यक्ष कार्कीले रौतहट जिल्लाकै उत्कृष्ठ सामुदायिक वनको रुपमा स्थापित हातेमालो सामुदायिक वन उपभोक्ता समुहबाट सम्मानित हुन पाउदा हर्षित भएको बताउनुभएको छ । यस्ता किसिमका सम्मानले अझ जिम्मेबार बनाएको अध्यक्ष कार्कीको धारणा थियो ।सम्मान कार्यक्रममा समुहका सचिब सरिता पाण्डेले स्वागत मन्तब्य राख्नुभएको थियो भने सह सचिब शालिग्राम न्यौपानेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
कार्यक्रममा समुहका उपाध्यक्ष जंग बहादुर घलान,कोषाध्यक्ष सिता बानिया,सदस्य बलराम सापकोटा,नगिता यादब लगायतको उपस्थीती रहेको थियो ।