चन्द्रोदय साकोसको आयोजनामा २ सय १४ जनाले गरे रक्तदान

0
80

चन्द्रपुर,१२ पुस
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार चन्द्रनिगाहपुरको भगबती मार्केटमा आयोजित रक्तदान कार्यक्रममा २ सय १४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराई समिरले पनि रक्तदान गर्नुभएको थियो । रक्तदान गर्नुहुदै प्रदेश सभा सदस्य भट्टराईले रक्तदान जिवन दान भएको हुदा यस्ता पुण्य कार्यमा सहभागि गराएकोमा आयोजक सस्थाले धन्यबाद दिनुभएको छ । मधेश प्रदेशका पुर्वमन्त्री समेत रहनुभएका प्रदेश सभा सदस्य भट्टराईलाइ नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य सपुत बहादुर कार्कीले रक्तदानका आवश्यक समाग्रीहरु हस्तान्तरण गरेर बृहत रक्तदान कार्यक्रमको उदघाटन गरिएको थियो । प्रदेश सभा सदस्य भट्टराईले रक्तदान गरिसकेपछि रेडक्रसका केन्द्रिय सदस्य कार्कीले प्रशंसा पत्र समेत प्रदान गर्नुभएको थियो ।
चन्द्रोदय साकोसले रक्तदान जस्तो पबित्र कार्य गरेर बिरामीको ज्यान जोगाउने अभियानमा लागेकोमा खुशी लागेको नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य सपुत बहादुर कार्कीले बताउनु भएको छ ।
बृहत रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राई,नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की,चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी,रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिब देब बहादुर सापकोटा,नव बिकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र तिवारी,संकल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश पौडेल,स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र राना मगर, चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डा. सुवास चौधरी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
बिगत बर्ष देखिनै संस्थाले रक्तदान कार्यक्रम गर्दै आईरहेको छ । रक्तदानमा नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत स्थानीय ब्यबसायी, नागरिकहरुको सहभागिता रहेको छ । आकस्मिक कारणले अकालमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्नका लागि संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बसन्त आचार्यले जानकारी दिनुभएको छ । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा बिरामी लाई रगत उपलब्ध गराउन नसकिरहेको अबस्थामा चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले गरेको कार्यक्रम फलदायी भैरहेको अध्यक्ष आचार्यको धारणा छ । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परिहेको छ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्ने चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डा. सुवास चौधरीले जानकारी दिनुभएको छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने भएकाले रक्तदान गर्नु उपयुक्त हुने डा. चौधरीको भनाइ रहेको छ । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम बाहेक पनि स्थानीय अस्पताल संग समन्वय गरेर बिरामीहरु लाई रगत प्रदान गरेर धेरै बिरामीको ज्यान जोगाईसकेको छ ।
बृहत रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राई लगायतले २ सय १४ जनाले रक्तदान गर्नुभएको थियो । प्रादेशिक रक्तसंचार केन्द्र चितवन,रक्तसंचार केन्द्र बिरगंज र चन्द्रपुर अस्पतालको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा र उपाध्यक्ष रामशरण गौतमको संचालनमा सम्पन्न भएको थियो ।
यसैबिच सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पत्रकारहरुलाइ पनि सम्मान गरिएको थियो । नव निर्वाचित अध्यक्ष संजय कुमार कार्की,उपाध्यक्ष डिल्ली बहादुर कार्की,सदस्य रुद्र कुमारी कार्की लगायतलाइ दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here