निरमल साकोसको अध्यक्षमा तिमलसिना

0
104

चन्द्रपुर,१३ पुस
रौतहटको चन्द्रनिगाहपुरमा रहेको निरमल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार चन्द्रनिगाहपुरमा भएको चुनाबी साधरण सभाबाट नर्या कार्य समिति समेत चयन गरेको छ । साधरण सभाले प्रकाश तिमलसिनाको अध्यक्षतामा ९ सदस्यीय नया संचालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा माधब प्रसाद उपाध्याय,सचिबमा श्यामहरी चौलागाई,कोषाध्यक्षमा धन बहादुर लामिछाने,सदस्यहरुमा मिथलेश कुमार मिश्र,राजिब पौडेल,नजमुल्ला नेपाली,लक्ष्मी थापा र मिरा कुश्वार चयन हुनुभएको चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रम्ुख शेख नसरे आलमले जानकारी दिनुभएको छ । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिब देब बहादुर सापकोटा,नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की,नव बिकाश बचत तथा ऋण सहकारी संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाई,शिक्षक मनमोहन सुन्दर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । चन्द्रपुर नगरपालिका वाड नं. ६ डाबरीमा साधरण सभा सम्पन्न भएको थियो । कार्यक्रममा असल ऋणी,असल बचतकर्तालाइ सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here