चन्द्रपुर,१४ पुस
घुमौ मधेश,बुझौ मधेश भन्ने मुल नाराका साथ रौतहटको चन्द्रनिगाहपुरमा आइतबार अन्र्तरक्रिया अबलोकन तथा पर्यटन प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका पर्यटन मन्त्री सकिल मियाले पर्यटकिय क्षेत्रको बिकाशको लागी प्रदेश सरकार लगानी गर्न तयार रहेको बताउनुभएको छ । मधेशमा धेरै पर्यटकिय क्षेत्र छन जो प्रचार प्रसारको. अभाबमा बाहिर आउन सकेका छैनन त्यस्ता स्थानको बिकाश र प्रर्बधनको लागी प्रदेश सरकारले योजना बनाएर नै काम गरिरहेको मन्त्री मियाले बताउनुभएको छ । मधेशमा पर्यटकिय क्षेत्रको कुनै किसिमको अभाब नभएको तर ति क्षेत्रको बिकाश भने हुन नसकेको हुदा ति पर्यटकिय क्षेत्रको बिकाश अपरिहार्य भएको मन्त्री मियाको धारणा थियो । यसैगरी रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य तथा पुर्व पर्यटन मन्त्री युवराज भट्टराईले आफु पर्यटन मन्त्री हुदा मधेश प्रदेशका आठै जिल्लाका पर्यटकिय क्षेत्रको बिकाशको लागी योजना बनाएर नै बजेट बिनियोजन गरेको बताउनुभएको छ । पर्यटकिय क्षेत्रको बिकाश गरेर बिदेशी पर्यटकहरुलाइ समेत भित्राउन सकिने हुदा यस क्षेत्रको बिकाश चरणबद्ध रुपमा हुनुपर्ने पुर्वमन्त्री भट्टराईले बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल,दुर्गाभगबती गाउपालिकाका अध्यक्ष शम्भु सिंह, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की लगायतले रौतहटमा पर्यटकिय क्षेत्रको अबस्था र बिकाशको बारेमा बोल्नुभएको थियो ।
नेपाल होटल तथा पर्यटन ब्यबसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रौतहट होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष शिवराम राउतले स्वागत मन्तब्य राख्नुभएको थियो ।
टोलीले रौतहटको चन्द्रपुरको नजरपुर,तिलेश्वर पर्यटकिय क्षेत्र गैडाटार,गरुडाको शिव नगर,दुर्गाभबती गाउपालिकाको दुर्गाभगबती मन्दिरको अबलोकल गरेको रौतहट होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष शिवराम राउतले जानकारी दिनुभएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइ, रौतहट होटल तथा पर्यटन ब्यबसायी संघका पुर्व अध्यक्ष अरुण लामा,चन्द्रपुर नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष,संचारकर्मी,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।