चन्द्रपुर,१६ पुस
मधेश प्रदेशकै आर्कषक बिन्दुको रुपमा चन्द्रपुर नगरपालिका वाड नं. १ मा रहेको पर्यटकिय क्षेत्र नुनथरको अब मुहार नै फेरिने सोही वाडका वाड अध्यक्ष बलराम राउतले बताउनुभएको छ ।
अहिले चन्द्रपुर नगरपालिकाको सहयोगमा नुनथर जानेबाट मर्मत कार्य तिब्र बनाइएको छ । अंग्रेजी नयाँ वर्षलाइ लक्षित गरेर अहिले बागमतीबाट नुनथर जान दुईवटा बाटो निमार्ण गरिएको छ ।
आज देखी बागमती नदीको पुलको माछा बजारबाट सिधै नुनथर जानेबाट निमार्ण गरेको वाड अध्यक्ष राउतले जानकारी दिनुभएको छ । पछिल्लो पटक नुनथरमा पर्यटकहरुको चापलाइ मध्यनजर गदै सो बाटो निमार्ण गरेको वाड अध्यक्ष राउतले बताउनु भयो ।
अर्को नहर हुदैन नुनथर जानेबाटो पनि मर्मत गरिएको उहाले बताउनुभएको छ । जोगी खोला देखी नुनथर सम्म हरेक बर्ष बागमती नदीको बाढीले बाटो बगाउने गरेको कुरालाइ ध्यानमा राख्दै यस बर्ष नया बाटो खनेर बागमती नदीको तिरमा तारजालीको काम गरेको वाड अध्यक्ष राउतले बताउनु भयो । अन्दाजी २०÷२५ लाखको लगानीमा करिब पौने २ करोड मुल्य बराबरको काम भएको वाड अध्यक्ष राउतले जानकारी दिनुभएको छ । अहिले नुनथरमा रहेको नदीको छेउको. बस्तीलाइ बाटोमा स्थान्तरण गरेर सो क्षेत्रमा भ्यु सेन्टर निमार्ण गर्ने योजना रहेको समेत वाड अध्यक्ष राउतले बताउनु भएको छ ।
सो क्षेत्रमा करिब ३ सय मिटर लामो तारजाली समेत गरिएको उहाले जानकारी दिनुभयो । नुनथर क्षेत्रलाइ अझ आर्कषण बनाउनको लागी परिसर भित्र बिभिन्न किसिमका स्थलहरुको निमार्ण गरिने समेत वाड अध्यक्ष राउतले जानकारी दिनुभयो ।
चन्द्रपुर नगरपालिकाले रौतहटको पर्यटकीय क्षेत्र नुनथर घुम्न आउने सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर पहिलाको भन्दा बाटो चौडा पारिएको र अब आवतजावतमा सहज हुने किसिमले काम भएको चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताउनु भएको छ । देश तथा बिदेशका पर्यटकहरुलाइ भित्राउन नुनथर क्षेत्रको बिकाश अपरिहार्य रहेको समेत नगर प्रमुख काफ्लेले बताउनुभएको छ ।भोली जनबरी पहिलो दिन नुनथरमा भारत देखीका पर्यटकहरु नुनथर क्षेत्रमा आउने गरेका छन । भोली हुने भिडलाइ मध्यनजर गदै ४० जना भन्दा बढी स्वयसेवक परिचालन गरेको स्थानिय युवा शुभकामना पौडेलले जानकारी दिनुभएको छ । पर्यकहरुलाइ सहज आबतजाबत वन भोज लगायतका कार्यक्रमहरु सहजताका साथ गर्न गराउन स्वयमसेवकहरुले सहयोग गर्ने समेत पौडेलले जानकारी दिनुभयो । नुनथरमा आजै देखि पर्यटकहरुको भिड लाग्न थालेको छ । नुनथर संगै रौतहटको डाबरी,शहिद स्मृती पार्क,जंगे झरना,धामी पार्क गैडाटार लगायतका स्थानहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गर्दछ ।