चन्द्रपुर,१७ पुस
अंग्रेजी नया बर्ष २०२५ को अबसरमा रौतहटको चन्द्रपुर १ मा रहेको पर्यटकिय क्षेत्र नुनथरमा भारतिय पर्यटकहरुको भिड लागेको छ । पुर्ब पश्चिम महेन्द्र राजमार्गको बागमती खण्डबाट झण्डै २ किमि उत्तर हिडेपछि पछि रौतहट,मकवानपुर,सर्लाही र सिन्धुलीको संगम स्थलको रुपमा परिचित पर्यटकिय क्षेत्र नुनथरमा नयाँ बर्ष २०२५ को अबसरमा पिकनिक र रमाइलो गर्न पर्यटक आएका हुन । बागमती नदिको किनार तथा चुरेको काखमा रहेको नुनथरमा आज मात्रै १ लाख भन्दा बढी भारतिय तथा नेपाली पर्यटकहरु आएको पर्यटकिय क्षेत्र नुनथरको ठेकेदार कम्पनीका ब्यबस्थापक शुभकामना पौडेलले जानकारी दिएका छन । १० हजार भन्दा बढी सवारी साधन नै आबतजाबत गरेको पौडेलले बताए ।
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १ मा पर्ने नुनुथर क्षेत्र धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । बुधबार बिहानै देखी सो क्षेत्रमा भिड भाड शुरु भएको थियो । यसलाई पर्यटकीय क्षेत्रको रुपमा बिकशित गर्न १ करोड भन्दा बढी रुपैया खर्चेर नुनथर स्वीङ(पिङ),चिल्ड्रेन पार्क, पिकनिक स्थल, माछा मार्ने स्थान र बागमती नदीमा डुंगा सयरको व्यवस्था गरेको पौडेलले जानकारी दिए ।
बिहानै देखी मौसम चिसो भएको भएता पनि पर्यटकहरुको आगमन भने गत बर्षको भन्दा झन बढेको चन्द्रपुर नगरपालिका वाड नं. १ का वाड अध्यक्ष बलराम राउतले जानकारी दिएका छन । पर्यटकहरुको भिडलाइ मध्यनजर गदै नुनथर आबतजाबत गर्न २ वटा बाटोको ब्यबस्था गरेको उनले जानकारी दिएका छन । नुनथरमा भारतबाट आउने पर्यटकहरुको संख्या बढेको छ । भारतको मोतिहारीबाट आएका बिरेन्द्र कुमारले रमणीय पर्यटकीय क्षेत्र नुनथरमा हरेक बर्ष आएर पिकनिक खाने र रमाइलो गर्ने गरेको बताएका छन । यहा आएर पहाड तथा नदीनालाको अबलोकन गर्न पाइने उनले बताए । यसैगरी भारतकै सिलगुडीबाट आएका पवन कुमार यादबले यहा आउदा छुटै अनुभब हुने र हरेक उत्सव मनाउन नेपाल आउने गरेको प्रतिक्रिया दिएका छन । पर्यटकिय क्षेत्र नुनथरमा ६० प्रतिशत भारतिय सवारी साधन मार्फत पर्यटकहरु आएका छन ।
पछिल्लो समय पिकनिक, बिवाह, वनभोज र घुम्नेहरुको रोजाईमा यो क्षेत्र परेको हो । स्वच्छ सफा, सुन्दर प्राकृतिक एवम् जैविक विविधतायुक्त तथा आफ्नै मौलीकता भएको पर्यटकीय क्षेत्र हो । यहा“ लामो समय देखी पर्यटकको भिड लाग्ने गरेको छ । स्थानियको लागी विवाह उत्सव तथा बाह्य पर्यटकहरुको रमणिय दृश्यका साथै मनोरञ्जनको रुपमा गन्तव्य स्थल बन्दै गएको छ । १ सय बर्ष भन्दा बढि पुरानो शिव मन्दिर र त्य“हाको नुनिलो पानीका कारण यो क्षेत्र धार्मिक र पर्यटकिय महत्वले प्रख्यात छ । यसको दक्षिण खण्डको कुवाको पानी नुनिलो छ । चुरेफेदको पानीको मुलहरु मध्ये नुन मिसिएको मिठासयुक्त पानी अन्यत्र पाईएको छैन । यही पानी नबिराई २ बर्ष सम्म खाएमा कुष्ठरोग चर्म रोग निको हुने जनविश्वास रहेको वाड अध्यक्ष राउतले बताए ।
छिमेकी सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा, मकवानपुरका मानिसहरु यहा“ घुम्न आउछन । उनिहरु दिनभर घुमफिरमा ब्यस्त हुन्छन । साउन भदौ महिना भरी यहा“ मेला लाग्छ । नुनथरलाई पर्यटकियको रुपमा विकाश गर्न बेला÷बेलामा महोत्सवको आयोजना हुने गरेको छ । नुनथरमा झोलंगे पुल निर्माण गरिए पछि यसको रौनक झनै बढेको छ । पुलले सर्लाहीलाई समेत जोडेको छ । तश्बीर खिच्न मात्र पनि पुलमा पुग्छन । यस्तै नुनथरको पश्चिम उत्तरको कुनामा रहेको अग्लो रामचुवा ड“ाडा हो । य“हाबाट सूर्योदय तथा स“ाझको सुर्यास्तको आकर्षक दृश्य देख्न सकिन्छ । उत्तरको मनोरम हिम श्रृखला र दक्षिणको पवित्र भगिरथी ग“गा आफ्नै गतिमा शान्त बगीरहेको देख्न सकिन्छ ।