चन्द्रपुर(जुडिबेला),१९ पुस
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको जुडिबेला माबिमा राष्ट्रिय सेवा दल सिनियर डिभिजनका क्याडेटहरुका लागी आयोजित अन्तिम प्रबचन तथा कार्य कौशल प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरवपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा प्रमुख अतिथि किरणनिधि तिवारीले बिद्यार्थी भाइबहिनीको कौशलता उदाहरणिय रहेको बताउनु भएको छ । जिवनमा शिक्षाको साथ साथेै यस्ता किसिमको कौशलता अपरिहार्य रहेको प्रमुख अतिथि तिवारीले बताउनु भएको छ । यस बिद्यालयको बिकाशको लागी आफनो तहबाट हुने किसिमको सहयोग सदैब गर्न तयार रहेको समेत उहाले बताउनु भयो ।
आफनो गाउमा रहेको यस जुडिबेला माबिको बिकाशमा सकेको सहयोग गदै आइरहेको र आउदा दिनहरुमा पनि गरिरहने प्रमुख प्रशासकिय अधिकृत तिवारीले प्रतिबद्धता जनाउनुभएको छ । यसैगरी बिरदल गण गौरका गणपति प्रमुख सेनानी किशोर अधिकारीले कार्यक्रममा सहभागी सिनियर डिभिजनका क्याडेडहरुलाइ आफनो प्रबचन सुनाउनु भएको थियो ।
त्यस्तै चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले शिक्षाको बिकाशमा यस्ता किसिमका कार्यक्रमहरुले अति नै महत्व राख्ने धारणा राख्नु भएको थियो । यस नगरको शिक्षा क्षेत्रको बिकाशको लागी सबैको सल्लाह र सुझाबबाट नै अगाडी बढने नगर शिक्षा अधिकारी मण्डलले बताउनु भएको थियो ।कार्यक्रममा सोही बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश प्रसाद पाण्डेले शिक्षालाइ आधुनिकता तिर लैजानुपर्ने धारणा राख्नुभएको थियो । यस्तै सोही बिद्यालयका प्राचार्य युगल किशोर कुमारले यस बिद्यालयको समस्या र प्रगती बारे जानकारी गराउनुभएको थियो ।
यसैगरी चन्द्रपुर नगरपालिका वाड नं. २ का वाड अध्यक्ष दुत्त बहादुर थिङले शिक्षा क्षेत्रको बिकाशको लागी आफुले सहयोग गदै आएको बताउनु भएको थियो ।
बिद्यालयका प्राचार्य युगल किशोर कुमारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्की ,संचारकर्मी अनमोल कार्की,प्रहरी चौकी जुडिबेला प्रतिनिधि,नेपाली सेना,शिक्षक,बिद्यार्थी तथा अभिभाबकहरुको उपस्थीती रहेको थियो । कार्यक्रम शिक्षक हरीहर अधिकारीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय सेवा दल सिनियर डिभिजनका क्याडेटहरुले कार्य कौशल प्रदर्शनी तथा नृत्य प्रस्तुत गरेका थिए ।