चन्द्रपुर,२१ पुस
रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगर क्षेत्रका सहकारी —सहकारी बिच छलफल तथा अन्र्तरक्रिया कार्यक्रम निरन्तर गर्नुपर्ने बताउनु भएको छ । आइतबार चन्द्रनिगाहपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवशको अबसरमा आयोजित कार्यक्रममा नगर प्रमुख काफ्लेले यस्तो बताउनु भएको हो ।
राम्रा सहकारी संस्थाका संचालकहरुले अन्य सहकारीहरुलाइ पनि राम्रो सहकारी बनाउनको लागी सहकारी—सहकारी बिच अन्र्तरक्रिया र छलफल कार्यक्रम हरेक महिनामा गर्नुपर्ने नगर प्रमुख काफ्लेको भनाइ रहेको थियो । सहकारी — सहकारी बिच समन्वय र छलफल गर्नको लागी रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु पोखरेललाइ नगर प्रमुखले आग्रह गर्नुभएको हो ।
बचतकर्ताको रकम सुरक्षित गर्नु सहकारीको दाइत्व भएको हुदा सबै सहकारी संस्थाहरुले बचतकर्ताको भावना अनुसार काम गर्न नगर प्रमुख काफ्लेले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु पोखरेल, महासचिब देब बहादुर सापकोटा,चन्द्रपुर नगरपालिकाको सहकारी शाखा प्रमुख नसरे आलम,नव बिकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र तिवारी,चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त आचार्य,मुलघर कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र चौलागाई,चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्गा आचार्य,एकिकृत बचत तथा ऋण सहकारी संस्थाका सचिब नारायण न्यौपाने,बिन्दवासीनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोबिन्द कोइराला,यातायात मजुदर साकोसका अध्यक्ष कुल प्रसाद अधिकारी,बागमती साकोसका अध्यक्ष समिरबाबु कार्की,नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारी लगायतले शुभकामना दिनुभएको थियो ।
संस्थाका अध्यक्ष गणेश पौडेलले संस्थाको अबस्था तथा गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो ।
सो संस्थाले स्थापना दिवशको अबसर पारेर ६० जना जेष्ठ सदस्यहरुलाइ सम्मान पनि गरेको थियो । यस्तै उत्कृष्ठ ऋणी,बचतकर्ता ,एसइईमा उत्कृष्ठ बिद्यार्थी लगायतलाइ समेत सो अबसरमा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवश कार्यक्रममा संस्थाका उपाध्यक्ष केबी थापाले स्वागत मन्तब्य राख्नुभएको थियो भने संचालन सचिब चिरन्जिबी गौतमले गर्नुभएको थियो ।