निःशुल्क शिबिरमा चार सय ५९ को आँखा परिक्षण

0
107

चन्द्रपुर,२१ पुस
नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपालले आइतबार रौतहटको चन्द्रनिगाहपुरमा निशुल्क आखा शिबिरको उदघाटन गर्नुभएको छ । शिबिरको उदघाटन गर्नुहुदै अध्यक्ष नेपालले आँखा हाम्रो अभिन्न अंग भएको हुदा यसको बेला बेलामा परिक्षण गर्नुपर्ने बताउनु भएको छ । नियमित रुपमा आँखाको परिक्षण गर्दा यदी आखामा रोग भए बेलैमा उपचार गर्न सकिने भएकाले यस्ता किसिमको शिबिरमा आफनो आँखा परिक्षण गर्न अध्यक्ष नेपालले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एसका उप महासचिब रामकुमार भट्टराई,पार्टीका स्थायी कमिटि सदस्य कल्याणी खडकाले समेत आ आफनो धारणा राख्नुभएको थियो । नेपाली सेना बिरदल गण गौर,एकिकृत बचत तथा ऋण सहकारी संस्था र श्री नेपाल आखा कार्यक्रम तिलगंगा आखा प्रतिष्ठानको आयोजनामा चन्द्रनिगाहपुरमा निशुल्क आखा शिबिर संचालन गरिएको थियो ।
शिबिरमा ४ सय ५९ जनाले आखाको परिक्षण गरेको आयोजक संस्था एकिकृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण खडकाले जानकारी दिनुभएको छ । जस मध्ये ३९ जनाको निशुल्क अप्रेसन गरिने अध्यक्ष खडकाले जानकारी दिनुभएको छ ।
उक्त कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी, वीरदल गणका सेनानी झनक थापा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभुकुमार पोखरेल , नेफ्स्कून फिल्ड कार्यलय हरिवनका प्रतिनिधि देबबहादुर सापकोटा , राष्ट्रिय सहकारी बैंक शाखा कार्यलय चन्द्रपुर कार्यलय प्रमुख रुपा थापा, नवविकास साकोसका सचिव श्री दिनेश मैनाली , बिन्दवासिनी साकोसका अध्यक्ष गोविन्द कोइराला ,सफल साकोसको अध्यक्ष देवकी नेपाल,यातायात मजदुर साकोसको अध्यक्ष कुलबहादुर अधिकारी ,चन्द्रोदय साकोसको उपाध्यक्ष रामशरण गौतम ,बागमती साकोसको अध्यक्ष समिरबाबु कार्की,एकीकृत साकोसका सन्चालक,लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,विभिन्न उपसमितिका पदाधिकारीहरु,कर्मचारीहरु, वीरदल गणका जवानहरुको उपस्थित थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार सपूतबहादुर कार्की दिनुभएको थियो भने संस्थाका सचिब नारायण न्यौपाने संचालन गर्नुभएको थियो । शिबिरबाट अप्रेसन गर्नुपर्ने बिरामीलाई यही पुस २८ गते गरुडामा निःशुल्क गरिने संस्थाका सचिब नारायण न्यौपानेले जानकरी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here