चन्द्रपुर,२४ पुस
अत्यधिक चिसो बढन थालेपछि रौतहटका पालिकाहरुले धमामध बिद्यालय बन्द गर्ने निर्णय गरेका छन । गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै ३ दिन गौर नगर क्षेत्रको बिद्यालय बन्द गर्न पत्रचार गरेको छ । पठन पाठनमा असहजता भएको भन्दै २४ गते देखी २६ गते सम्म बर्षे बिदाबाट कटा हुने गरी बिद्यालयको पठन पाठन बन्द गर्न पत्रचार गरेको सोही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास ठाकुरले जानकारी दिनुभएको छ । यसैगरी यमुनामाइ गाउपालिका र फतुवा बिजयपुर,इशनाथ,राजदेबी,देवाही गुनाही नगरपालिकाले पनि ३ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
यसैबिच रौतहटका गरिब तथा बिपन्न परिवारलाइ बिभिन्न पालिका मार्फत ७ सय थान कम्बन बितरण गरिने भएको छ । मंगलबार बिपत ब्यबस्थाप समितिको बसेको बैठकले गरिब तथा बिपन्न परिवारलाइ कम्बल र दाउरा बितरण गर्ने निर्णय गरेको हो । गृह,ंसंचार तथा कानुन मन्त्रालय जनकपुरबाट मध्य पुर्बी पृतना हेड क्वाटर बर्दिबासबाट बिरदल गण रौतहटलाइ प्राप्त भएको ७ सय थान कम्बल पालिका मार्फत बिपन्न परिवारलाइ बितरण गर्ने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभएको छ । यसैगरी डिभिजन वन कार्यालय रौतहटबाट २० चट्टा दाउरा लिएर बितरण गर्ने निर्णय भएको समेत उहाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय रौतहट र शसस्त्र प्रहरी ११ नम्बर गण मार्फत ८÷८ चट्टा,जिल्ला प्रशासन कार्यालय र बिरदल गण मार्फत २÷२ चट्टा दाउरा बितरण गरिने समेत प्रजिअ रेग्मीले जानकारी दिनुभएको छ । यसको अतिरिक्त पालिकाले आफनो डिभिजन वन कार्यालयबाट दाउरा खरिद गरेर टोलटोलमा आगो ताप्ने बाताबरण मिलाउने समेत निर्णंय भएको छ ।