चन्द्रपुर,४ माघ
नेकपा एमालेको भातृ संगठन मानब अधिकार एलाइन्स रौतहटको नया जिल्ला कार्य समिति चयन भएको छ । शुक्रबार चन्द्रनिगाहपुरमा भएको भेलाले कृष्ण प्रसाद तिमलसिनाको अध्यक्षतामा ९ सदस्यी जिल्ला कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा राम बहादुर घलान,सचिबमा राम प्रकाश माझी,कोषाध्यक्षमा प्रेम कुमारी तिमलसिना चयन हुनुभएको सदस्य नरेन्द्र कुमार रानाले जानकारी दिनुभएको छ । यसैगरी समितिको सदस्यहरुमा नरेन्द्र कुमार राना,कोपिला तिमलसिना,देबकी कटुवाल,बिनोद प्रसाद यादब र सुरज राम रहनुभएको छ ।
यसैगरी सोही भेलाले भोली माघ ५ गते हुने एलाइन्सको मधेश प्रदेश अधिवेशनको लागी २ जनाको नाम प्रदेश प्रतिनिधिमा चयन गरेको छ । प्रदेश प्रतिनिधिमा गौरी न्यौपाने र कृष्ण प्रसाद तिमलसिना रहनुभएको छ ।