इन्स्योरेन्स कम्पनीद्धारा अतिविपन्न ३० परिवारलाई कम्मल वितरण

0
110

चन्द्रपुर,९ माघ
रौतहटको चन्द्रनिगाहपुरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले अति बिपन्न ३० घरधुरीलाइ न्यानो कपडा बितरण गरेको छ । इन्स्योरेन्स लिमिटेडको मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गर्ने कार्यक्रम अन्तर्गत बुधबार रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं ६ बेल्डिमा अपाङ्ग ,अशक्त तथा अतिविपन्न ३० जनालाई कम्मल वितरण गरिएको हो ।
न्यानो कपडा बितरण कार्यक्रममा युवा समाजसेवी श्यामहरि चौलागाईं, वडा नं–६ का वडा सदस्यहरु सन्नी राउत, करियोद चौधरी,सपना परियार लगायतको उपस्थीती रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड चन्द्रपुर शाखा प्रमुख जीवन कटुवालले जानकारी दिनुभएको छ ।
शाखा प्रबन्धक कटुवालले कम्पनीको समाजिक उत्तरदायित्व अन्तर्गत अति बिपन्न नागरिकहरुलाइ न्यानो कपडा वितरण गरिएको बताउनु भएको छ । कार्यक्रममा यो जाडो समयमा न्यानो कपडा वितरण गरि मानवीय कार्यमा जोड दिएकोमा युवा समाजसेवी श्यामहरि चौलागाईंले सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here