चन्द्रपुर,२२ माघ
गत माघ १९ गते रौतहटको गरुडामा अनेरास्वबियु रौतहटको बैठक बसिरहेको बेलामा आक्रमण गर्नेलाइ कडा भन्दा कडा कार्वाही गर्नुपर्ने नेकपा एमाले चन्द्रपुर नगर कमिटिको सचिवालय बैठकले निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय चन्द्रनिगाहपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
१९ गते गरुडामा अनेरास्ववियुको जिल्ला कमिटी बैठक सम्पन्न गरेर पार्टी कार्यालय बाट बाहिर निस्कने क्रममा चन्द्रपुरका बिद्यार्थी नेताहरु माथि संघातिक आक्रमण भएको थियो । विद्यार्थी नेताहरुमाथि अन्य जिल्लाका र यस जिल्लाका तथा संगठन भन्दा बाहिरका समेत विद्यार्थीहरुबाट सुनियोजित ढंगले सांघातिक हमला गरि घाईते बनाएको घटना प्रति घोर भत्र्सना गरि घटनामा संलग्न जो कोहीलाइ तत्काल कानुनी कार्वाही गर्न र पार्टी अनुशासनको कार्वाही गर्न माग गर्ने सर्वसम्मत निर्णय गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव आचार्यले जानकारी दिनुभएको छ । पार्टीका वा पार्टी भन्दा बाहिर जो भएपनि तत्काल अनुसन्धान गरी दोषीलाइ पक्राउ गर्न समेत अध्यक्ष आचार्यले माग गर्नुभएको छ। बैठकले घाइते विद्यार्थी भाइहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्य कमरेड उद्वव रेग्मीले यस्तो अराजकता मच्चाउने जो कोहीलाइ पनि कार्वाही हुनुपर्ने धारणा राख्नुभएको थियो । यसैगरी नेकपा एमाले मधेश प्रदेश कमिटि उपसचिब आरती भण्डारीले दोषीलाइ कुनैपनि हालतमा छाडन नहुने बताउनुभएको छ ।
बैठकमा भुमी आयोग रौतहटका अध्यक्ष अखिलेश्वर चौधरी, नेकपा एमाले मधेश प्रदेश सदस्य बिर बहादुर गोले,प्रेमशंकर यादब,जिल्ला कमिटि उपाध्यक्ष रुपेश पटेल,सचिब बाबुराम दाहाल,उपसचिब मुना लामिछाने,जिल्ला कमिटिका सदस्यहरु,नगर कमिटिका सचिवालय सदस्यहरु लगायतको उपस्थीती रहेको थियो ।