नगर प्रमुख कुर्मीद्धारा रुपा पाल माबिको विज्ञान प्रयोगशालाको उद्घाटन

0
217

चन्द्रपुर,२२ माघ
रौतहटको बृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले सङ्घीय सरकारबाट नगरपालिका मार्फत प्राप्त अनुदानबाट रुपा पाल माबि धमौरामा निर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्नुभएको थियो । नयाँशैक्षिक सत्रकालागि बालबालिकाको अक्षरारम्भ कार्यको सुभारम्भ गर्दै बालबालिकालाई प्रोत्साहन स्वरुप प्रत्येक विद्यार्थीलाई नगर प्रमुख कुर्मीले जनही ५०० रुपैँया प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मीले अधुरो रहेको भवन सम्पन्न गर्न नगरपालिकाबाट रु. २५ लाख सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ भने विद्यालयमा सरस्वतीको मन्दिर निर्माणका लागि थप रु. ५ लाख सहयोग उपलब्ध गराउने बताउनु भयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीको लगन, मेहेनत, प्रयत्नले विद्यालयले थप प्रगति गर्दै गएको हुँदा शिक्षक कर्मचारीको थप हौसलाका लागि रु. ५१ हजार पुरस्कारको घोषणा गर्नुभयो ।
उक्त कार्यक्रममा बृन्दावन नगरपालिकावडा नं. ७ का अध्यक्ष जगरनाथ प्रसाद भेडिहरले आफ्नो मन्तव्य राख्दै विद्यालयमा निर्माण हुने सरस्वती मन्दिरको लागि वडाबाट रु. १ लाख ११ हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा आमन्त्रित नगरप्रमुख, शिक्षाशाखा संयोजक, वडा ६ र ७ का वडाअध्यक्षज्यूहरु, नगरपालिकाका कर्मचारी, अभिभावक, स्थानीय शिक्षा प्रेमी, समाजसेवी, विद्यार्थी, शिक्षक, कर्मचारी लगायत विद्यालयको आमन्त्रणलाई स्वीकार गरी उपस्थित हुनुहुने सम्पूर्णलाई विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद सिंहले धन्यवाद व्यक्त गर्नुभएको थियो । यसैबिच सो बिद्यालयमा बसन्तपञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा भव्यताका साथ पूजाअर्चना गरि मनाइएका प्रधानाध्यापक सिंहले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here