निशुल्क उपचार सहित चन्द्रपुर अस्पतालका कर्मचारीद्धारा पत्रकार महतलाइ ५० हजार सहयोग

0
95

चन्द्रपुर,२० फागुण
रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर हस्पिटल प्रालिले लामो समय देखि ब्रेन ट्युमरबाट पीडित रौतहटका संचारकर्मी फणिदेव महत आर्थीक सहयोग गर्नुका साथै निशुल्क उपचार गर्ने भएको छ । उनलाई चन्द्रपुर हस्पिटल प्रालिमा कार्यरत डाक्टर, चिकिल्सक, नर्स र कर्मचारीहरुको एक दिनको तलब संकलन गरी पचास हजार रुपैया समेत सहयोग गरेको छ । चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको काठमाडौं स्थित अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमर उपचार गरेपनि पुर्णरुपमा निको भएको अबस्था छैन । उनको उपचार गर्दा गर्दै एक करोड भन्दा माथि खर्च भैसकेको छ । आर्थीक अबस्था कमजोर रहेको कारण परोपकारीहरु बाट आर्थीक सहयोग जुटदै समेत आएको छ । उनको उपचारमा अझै खर्च लाग्ने अबस्था रहेकाले सहयोगको अपिल समेत गरिएको छ ।
चन्द्रपुर हस्पिटलका संचालक डाक्टर सुबास चौधरीले समाजको लागि गरेको कार्यको उदाहरण संचारकर्मी फणिदेब महत रहेको बताउनु भयो । उहाले संचारकर्मी महतले समाजमा योगदान पुरयाएकै कारण समाजका हरेकले उहा लाई साथ दिन आबश्यक रहेको बताउनु भयो ।पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुदै आएको अबस्थामा उहा लाई आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ ।सोही कार्यक्रममा संचारकर्मी यादबराज पुरीले अस्पतालले सेबाभाबमा कार्य गर्दै आईरहेकोले पीडित बिरामीहरुले राहत समेत पाएको बताउनु भयो । उहाले असहायको सहारा बनेको गरिबहरुको उपचारमा मसिया बनेको अस्पतालले सामाजिक कार्य गर्दै आईरहेको बताउनु भयो । यस्तै संचारकर्मी शिब पुरीले जीबन मरणको दोसाधमा रहेको संचारकर्मी महतको उपचारमा अस्पतालले देखाएको अनुकरणी कार्यको सराहना गर्नु भएको छ । बिरामी अबस्थामा रहेका संचारकर्मी फणिदेब महतले अस्पतालले आफुप्रति देखाएको कार्यको आभार प्रकट गर्नु भएको छ । पत्रकार महतको उपचारको लागी सहयोगका लागी अपिल समेत गरिएको छ । यसैबिच पत्रकार महतलाइ चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले पनि एक दिनको तलब सहयोग प्रदान गरेका छन । कर्मचारीहरुको एकदिनको तलब बराबर ९ हजार ५ सय रुपैया पत्रकार महतलाइ सहयोग गरेको संस्थाका अध्यक्ष बसन्त आचार्यले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here