चन्द्रपुर,६ चैत
रौतहटको चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याम्पसको स्वबियु निर्वाचनमा नेपाल बिद्यार्थी संघले आफनो बर्चस्व कायम राखेको छ ।बुधबार बिहान सम्पन्न मत गणना अनुसार नेपाल बिद्यार्थी संघका सभापतिका उमेदवार मो.नौसाद आलम सहितको प्यानल नै बिजयी भएका हुन ।
सभापति आलमले एक हजार १ सय ७४ मत ल्याउनु भएको सोही क्याम्पसका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ । उहाका निकटतम प्रतिद्धन्दी दामोदर उप्रेतीले २ सय ३ मत मात्रै ल्याउनु भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी सचिबमा नेबि संघकै शाहिल पुरी बिजयी हुनुभएको छ । सचिब पुरीले एक हजार १ सय २८ मत ल्याउनु भएको उहाले जानकारी दिनु भयो । यसैगरी कोषाध्यक्षमा संझना कुमारी चौधरी एक हजार १ सय ४८ मत ल्याएर बिजयी हुनुभएको छ । यसैगरी सदस्यहरुमा बिकाश कुमार दास,रोहन श्रेष्ठ,रेजिना कुमारी काफ्ले,पुष्पा कार्की,आर्जु भट्टराई,सुसिल कुमार पहरी र रितिक सिंह बिजयी भएको क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ ।
उक्त क्याम्पसमा दुई हजार ९ सय ५४ मतदाता मध्ये मंगलबार सम्पन्न निर्वाचनमा १ हजार ६ सय ८७ मत खसेको निर्वाचन अधिकृत बिनोद तिमलसिनाले जानकारी दिनुभएको छ ।
निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनको तर्फ बाट अध्यक्षमा दामोदर उप्रेती सचिबमा शुभ श्रेष्ठ, कोषाध्यक्षमा अभिशेष कुमार चौधरी, सदस्यमा अबिना भुजेल, हिराकुमारी पहाडी, अजय प्रसाद कलवार, दिपेश चौधरी, देबिका ठाडामगर, मनिष चौधरी र अनिता कुमारी राईले उमेदवारी दिएका थिए । यसैगरी नेपाल बिद्यार्थी संघको तर्फ बाट अध्यक्षमा मोहम्द नौसाद आलम, सचिबमा शाहिल पुरी कोषाध्यक्षमा सम्झना कुमारी चौधरी, सदस्यहरुमा बिकास कुमार दास, आरजु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, रितिक सिह, रेजिना कुमारी काफले र शुसिल कुमार पहरीले उमेदवारी दिएका थिए
यस्तै अखिल क्रान्तिकारी बाट अध्यक्षमा अजय पटेल, सचिबमा सुष्मिता घलान, कोषाध्यक्षमा अनिसा चौधरी सदस्यहरुमा राजिब चौधरी, श्याम प्रकाश पटेल, लालमोहन सहनी, बिक्रम प्रसाद साह कलवार, श्रुती राउत, शर्मीला कुमारी चौधरी र सुनिल कुमार साह रहेका थिए । यसैगरी संयुक्त समाजबादी बिधार्थी युनियन नेपालकोे तर्फ बाट अध्यक्षमा राजन चौधरी, सचिबमा सुजन राई, कोषाध्यक्षमा दिनिया कुमारी चौधरी र सदस्यमा शुसान्त चौधरीले उमेदवारी दर्ता गराएका थिए ।