चन्द्रपुर,२८ बैशाख
नेपाल चिकित्सक संघ रौतहट शाखाको अध्यक्षमा डा. सुवास चौधरी चयन हुनुभएको छ । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित भेलाले डा. चौधरीको नेतृत्वमा नेपाल चिकित्सक संघ रौतहट शाखा गठन भएको हो । भेलाले डाक्टर चौधरीको सभापतित्वमा १५ जना कार्यसमिति चयन भएको छ । बरिष्ठ उपसभापतिमा डाक्टर कौशर आलम, उपसभापति राकेश चौधरी, सचिब डाक्टर मनोज कुमार कौशल, कोषाध्यक्षमा डाक्टर शसीरञ्जन तिबारी,सहसचिबमा डाक्टर नबिन कुमार सिह, सह कोषाध्यक्षमा डाक्र राम भरोस प्रसाद रहेका छन । यस्तै सदस्यहरुमा डाक्टर श्याम बाबु साह, डाक्टर राकेश कुमार साह, डाक्टर पंकज कुमार साह, डाक्टर यादब प्रसाद घिमिरे, डाक्टर रामईश्वर साह, डाक्टर अमरेश कुमार यादब, डाक्टर अम्बेडकर कुमार यादब, डाक्टर महम्द सदरे आलम रहेका छन । यस्तै सल्लाहकारमा डाक्टर राजेन्द्र कुमार चौधरी, डाक्टर अभिनन्दन श्रीबास्तब रहेका छन । सो शाखा बिस्तार कार्यक्रमको उदघाटन गर्नुहदै प्रमुख अतिथि नेपाल चिकित्सक संघका अध्यक्ष अनिल बिक्रम कार्कीले एकता भाईचारा र सेबा लाई जोडन सके मात्र आफनो पेशाको सार्थकता हुने बताउनु भयो ।
संरक्षण, प्रबद्र्धन र सहि दिशामा संगठनले हिडाउने भएकाले पेशागत संगठनमा जोडिनु जरुरी रहेको उहाले बताउनु भयो । नेपाल चिकित्सक संघका अध्यक्ष कार्कीले मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशको स्वास्थ्य कार्यबिधि नबनाउने अनि क्यामेरा बोकेर स्टण्डवाजी गर्दै अस्पताल बन्द गराउनु निन्दनीय रहेको बताउनु भयो । नागरिकको स्वास्थ्यको अधिकार मुख्यमंन्त्रिको अर्कमण्यताले रोक्न नमिल्ने उहाले बताउनु भयो ।
राजनीति नेतृत्वको नीयत खराब भएमा समस्या उत्पन्न हुने बताउनु हुदै उहाले सकारात्मक सोचले मात्र सम्बृद्ध समाज निर्माण हुने बताउनु भयो । नेपाल चिकित्सक संघ रौतहट शाखाका सभापति सुबास चौधरीले डाक्टर भगवान नभई मान्छे जोगाउने सीप सिकेर ब्यबहारमा लागु गरेको बताउनु भयो । ईमान्दारिता र नैतिकता राखेर स्वच्छ मनले काम गर्न सके मात्र सहज बाताबरण बन्ने बताउनु भयो । सो कार्यक्रममा नेपाल चिकित्सक संघ मधेश प्रदेशका सभापति नीरन्जन सिहको समेत सहभागिता रहेको थियो ।