चन्द्रपुर,१५ जेठ
गणतन्त्र दिवशको अबसर पारेर मदन भण्डारी फाउण्डेसन रौतहट शाखाले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेशनले बिहीबार नेकपा एमालेको चन्द्रनिगाहपुरको पार्टी कार्यालय परिसरमा बृक्षारोपण गरेर गणतन्त्र दिवश मनाएको हो । उक्त बृक्षारोपण कार्यक्रमको शुरुवात मदन भण्डारी फाउण्डेशन रौतहट शाखाका इन्चार्ज तथा एमाले नेता अमर आलेले गर्नुभएको थियो । बृक्षारोपण गदै नेता आले मगरले गणतन्त्रको रक्षाको लागी सबै दलहरु एकजुट हुने बेला आएको बताउनु भएको छ ।
बृक्षारोपण कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशकी उपसचिब आरती भण्डारी, प्रदेश सदस्य बिर बहादुर गोले, नेकपा एमाले रौतहट जिल्ला कमिटि सचिब बाबुराम दाहाल,जिल्ला कमिटि सदस्य नरेन्द्र राना,गोबिन्द खरेल,लोकनाथ पहाडी,शम्भु खडका,मानब अधिकार एलाइन्सका रौतहट अध्यक्ष कृष्ण तिमलसिना,प्रेस चौतारी नेपालका रौतहट अध्यक्ष अशोक कुमार पहाडी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम फाउण्डेशनका रौतहट जिल्ला अध्यक्ष मुनीलाल सहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा उत्साहपुर्वक सहभागिता रहेको फाउण्डेशनका रौतहट सचिब देबराज न्यौपानेले जानकारी दिनुभएको छ ।
यसैबिच गणतन्त्र दिवशको अबसर पारेर प्रेस चौतारी नेपाल रौतहट शाखाले रौतहटको चन्द्रनिगाहपुरमा बिरामीहरुलाइ फलफुल बितरण गरेको छ ।बिहीबार चन्द्रनिगाहपुरको चन्द्रपुर अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण गरेको हो । गणतन्त्र दिवशको अबसर पारेर चन्द्रपुर अस्पतालका १५ जना बिभिन्न प्रकृतीका बिरामीहलाइ फलफुल बितरण गरेको प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष अशोक कुमार पहाडीले जानकारी दिएका छन । फलफुल बितरण गदै शाखा अध्यक्ष पहाडीले गणतन्त्रको रक्षाको लागी आम संचार जगत एक हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रमेश तिमलसिनाले लोकतान्त्रिक गणतन्त्रको बिरोध गर्नेहरु आफै सिध्एर जाने बताए । गणतन्त्रको जगमा राजनिति गर्नेहरुले गणतन्त्रको बिरोध गर्नु नाटक मन्चन गरेको जस्तै भएको केन्द्रिय सदस्य तिमलसिनाले बताएका छन । गणतन्त्र नेपालको रक्षाको लागी प्रेस चौतारी नेपाल अडिग भएर बस्ने केन्द्रिय सदस्य तिमलसिनाको धारणा रहेको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपाल रौतहट शाखाका सचिब मुकेश साह,पुर्व सचिब बालबिक्रम कार्की,अस्पतालका डा. सुवास चौधरी,समाजसेवी बसन्त आचार्य लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।