चन्द्रपुर,१५ जेठ
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ चन्द्रनिगाहपुरमा रहेको मुनलाइट एकेडेमीको क्पाप्टेन,भ्वाइस क्याप्टेन र हाउस क्याप्टेन छनौटको लागी भएको निर्वाचनमा कडा प्रधिस्पर्धा भएको छ । झट्ट हेर्दा स्थानिय तह तथा संघिय संसदको निर्वाचनको झल्को दिने किसिमले भएको निर्वाचनमा बिद्यार्थी उमेदवारहरु सक्रियता पुर्वक भोट मागिरहेका थिए ।
स्कुल क्याप्टेन , स्कुल भाईस क्याप्टेन ,रेड हाउस क्याप्टेन , रेड हाउस भाईस क्याप्टेन ,ब्लु हाउस क्याप्टेन , ब्लु हाउस भाईस क्याप्टेन ,ग्रीन हाउस क्याप्टेन , ग्रीन हाउस भाईस क्याप्टेन र एल्लो हाउस क्याप्टेन र एल्लो हाउस भाईस क्याप्टेन सहित १० पदको लागी भएको निर्वाचनमा ४२ जनाले उमेदवार दिएको बिद्यालयका प्रधानाध्यापक श्याम किशोर चौधरीले जानकारी दिनुभएको छ ।
आज सम्पन्न निर्वाचनमा स्कुल क्याप्टेनमा नैतिक चौधरी र स्कुल भाईस क्याप्टेनमा राहुल गुप्ता बिजयी भएका छन । यसैगरी रेड हाउस क्याप्टेनमा रियाना खड्का,रेड हाउस भाईस क्याप्टेनमा कृति चौधरी,ब्लु हाउस क्याप्टेनमा आरभ बन्जारा,ब्लु हाउस भाईस क्याप्टेनमा समृद्धि राई,ग्रीन हाउस क्याप्टेनमा दिपेन्द्र पटेल ग्रीन हाउस भाईस क्याप्टेनमा उपास्ना पौडेल,एल्लो हाउस क्याप्टेनमा विकेस कुमार साह र एल्लो हाउस भाईस क्याप्टेनमा धिरेन्द्र यादव बिजयी भएको प्रधानाध्यापक चौधरीले जानकारी दिनुभएको छ ।
बिद्यार्थीहरुलाइ निर्वाचनको बारेमा जानकारी गराउने उदेश्यले निर्वाचन प्रक्रियाबाट बिद्यालयका क्याप्टेन भ्वाइस क्याप्टेन चयन गरेको सोही बिद्यालयका कोअर्डिनेटर हरि कोइरालाले जानकारी दिनुभएको छ । निर्वाचनमा सोही बिद्यालयमा कक्षा २ देखी कक्षा १० सम्मका बिद्यार्थीहरुले मतदान गरेको कोअर्डिनेटर कोइरालाले जानकारी दिनुभएको छ । निर्वाचनमा ८ सय १३ मतदाता मध्ये ७ सय ६ जनाले मतदान गरेको उहाले जानकारी दिनुभयो ।