चन्द्रपुर अस्पतालद्धारा निशुल्क आकस्मिक तथा उद्दार सेवा शुरु

0
220

चन्द्रपुर,१५ जेठ
रौतहटको चन्द्रनिगाहपुरमा आज बिहीबार देखी र्दुघटनामा परेकाहरुलाइ निशुल्क आकस्मिक तथा उद्दार सेवा शुरु भएको छ । चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पतालले आज देखी उक्त सेवा शुरु गरेको हो । बढदो सवारी र्दुघटनालाइ मध्यनजर गदै चन्द्रपुर अस्पतालले चिकित्सक सहितको टिमले र्दुघटनामा परेकाहरुलाइ निशुल्क आकस्मिक तथा उद्दार सेवा प्रदान गर्ने सोही अस्पतालका डा. सुवास चौधरीले जानकारी दिनुभयो । बिहीबार एक कार्यक्रमको आयोजना गरि डा. चौधरीले समाजसेवाको हेतुले यो अभियान संचालन गरेको बताउनु भयो । र्दुघटना भएको खबर पाउनसाथ र्दुघटनाको अबस्था हेरेर चिकित्सकको टोली निशुल्क खटाइने र निशुल्क उपचार गरिने डा. चौधरीले जानकारी दिनुभयो । घटनास्थलमै तुरुन्त सकिने उपचार गर्न सके धेरै नागरिकहरुको अकालबाट ज्यान जोगिने डा. चौधरीको भनाइ रहेको छ । उद्दार सेवाको लागी सम्पुर्ण उपकरण तयारी अबस्थामा रहेको र केही बर्षमै घटनास्थलमै उपचार गर्ने किसिमको एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा रहेको समेत उहाले बताउनु भएको छ । सवारी तथा बिभिन्न किसिमिका दुर्घटना हुनासाथ खबर गरेर सहयोग गरिदिन उहाले सबैलाइ आग्रह समेत गर्नुभएको छ । यो सेवा चन्द्रनिगाहपुरबाट १५÷२० किलोमिटर आसपास सम्म प्रदान गर्न सकिने उहाले जानकारी दिनुभएको छ ।
सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक राजकुमार राईले र्दुघटनामा परेकाहरुलाइ निशुल्क आकस्मिक तथा उद्दार सेवा अति आवश्यक रहेको अबस्थामा आजैबाट अस्पतालले संचालन गर्नु सराहिनय कार्य भएको बताउनु भयो । संभबत नेपालमै यो सेवा पहिलो भएको समेत प्रहरी नायब उपरिक्षक राईले बताउनुभएको छ । दिनप्रतिदिन सवारी र्दुघटना बढिरहेको अबस्थाका यस्तो सेवा अति आवश्यक रहेको उहांको धारणा थियो ।
यसैगरी सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले मानविय सेवाको उदेश्यले शुरु गरिएको यस सेवाले धेरै जनाको ज्यान जोगाउन सकिने धारणा राख्नु भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्की,जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख ट्राफिक प्रहरी निरिक्षक लोकेन्द्र अधिकारी,नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य शिव पुरी,जिल्ला उपाध्यक्ष डिल्ली बहादुर कार्की,प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्मयक्ष अशोक पहाडी,चन्द्रोदय साकोसका बरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारी,बिभिन्न संचारमाध्यमका संचारकर्मी लगायत बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम चन्द्रोदय साकोसका अध्यक्ष बसन्त आचार्यले संचालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here